• आमाको दुधको भारा कसरी तिरुं म
    बाबाको हातका ठेला कसरी हेरुं म
    आमाको आंशु बाबाको हातका ठेला
    मेटाउन निस्केको म खोई कता भौंतारीएछु।

    सानो भाईले स्कूलको जुत्ता भन्दै थियो
    बैनीले नया लुगा आश गरेकी थिई
    मिठो खाने राम्रो लाउने सुन्दर सपना
    बोक्दै खै कता भौंतारीएछु म?

    हिड्दाहिड्दै बाटो भरी हजार आमा भेटें
    हजार बाउहरुको कांधमा धोक्रो नाम्लो देखें
    मन भक्कानीन खोज्दै थियो बल्लबल्ल रोकें।
    छोराको बियोगले मुर्छित आमाबाबालाई दिने मसंग राहत छैन
    अब कसम खाएर अशान्ती र निरंकुशता बिरुद्ध लड्ने बाहेक मसंग अरु बाटो छैन।

    नरोइ बस हे मेरी आमा म फर्की आउने छु
    नरोइ बस हे मेरा बाबा अवश्य आउने छु।
    यी मेरी आमा नेपाललाई संसारकै राम्री बनाउछु
    दासत्व प्रथा बिरुद्ध दुश्मनसंग लड्ने छु।

    युद्धमा मरीहालेछु भने रोएर आमा नबसे
    बीरकी आमा मुक्ती पाईदैन तिमीले कम्मर नकसे।।
    म जस्ता छोरा हजारौं जन्माउ हे आमा नेपाल तिमीले
    हांसी हांसी देशको लागी बलिदान गर्नपाऊ हामीले।।
    युद्धमा मरीहालेछु भने में फर्की आउदिन
    जन्म दिने आमाको मुख देख्नै पाउदिन।

    हे मेरा साथी यो मेरो सन्देश आमालाई पुर्याइदेउ
    बुढा बा मेरा रोएका होलान् सहारा बनिदेऊ।।
    मुक्तीका लागी लडेकोआमा अन्यथा नमाने
    हजार आमा यै पिडामा छन् एक्लै छु नठाने।।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …