• गोठगाउँ, मंसिर २८
    मोरङको सुन्दरहरैंचामा रहेको पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँको प्रशासनिक भवन विद्यार्थीले तोडफोड गरेका छन् । बुधबार भएको एग्रिकलचर सेकेन्ड सेमिस्टारको परीक्षाको प्रश्नपत्र परीक्षाअगावै विश्वविद्यालयले केही निजी विद्यालयका विद्यार्थीलाई बेचेको भन्दै आक्रोशित विद्यार्थीले क्याम्पस प्रमुख तथा डिनको कार्यकक्ष तोडफेड गरेका हुन् ।

    त्यसक्रममा आक्रोशित विद्यार्थीले डिनको कुर्सीसमेत आगो लगाइदिएका छन । बिहीबार बिहान ६ बजे नै विश्वविद्यालय प्रवेश गरेका विद्यार्थी नाराबाजी गर्दै आगजनी र तोडफोडमा उत्रिएका हुन् । क्याम्पस प्रमुखलाई प्रश्नपत्र आउट भएको बारे जानकारी हुँदाहुँदै पनि क्याम्पसले छानबिन गर्न समेत ध्यान नदिएको तथा निजी क्याम्पसले बनाएको प्रश्नपत्र भन्दै विद्यार्थीले क्याम्पस प्रमुखको राजीनामा राजीनामासमेत गरेका थिए । त्यसक्रममा उनीहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न पनि क्याम्पस प्रशासनलाई चेतवानी दिएका छन् ।

    डिनको राजीनामा माग्दै नाराबाजीमा उत्रिएका विद्यार्थी । तस्बिर : उत्तम पोख्रेल

    विद्यार्थीको तोडफोडबाट प्रशासनिक भवनमा क्षति पुगेको छ । मेट्रोलोजीको प्रश्नपत्र आउट गरेको विद्यार्थी अनुप चापाईंले बताए । मोडल प्रश्नपत्रका नाममा केही दिनअघि नै पैसा लिएर क्याम्पसले विद्यार्थीलाई प्रश्नत्र चुहाएको उनको आरोप छ ।

    निजी कलेजले प्रश्नपत्र बनाएको विद्यार्थी अविचल पौडेलले बताए । यता, विश्वविद्यालयका एग्रिकल्चरतर्फका प्रमुख अजयकुमार साहले प्रश्नपत्र आउट भएको स्वीकारेका छन् । उनले भने, ‘प्रश्नपत्र आउट भएको हो, हामीले छानबिन समिति बनाएर छानबिन गर्छौं भनेका थियौं । तर, विद्यार्थीले तोडफोड गरिहाले ।’

    प्रश्नपत्र आउट भएपछि पूर्वाचल विश्वविद्यालयको केन्द्रीय कार्यालय विराटनगर जान विद्यार्थीले गाडी माग गरे पनि आफूहरूले त्यो दिन नसकेपछि विद्यार्थीले तोडफोड गरेको शाहको भनाइ छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…