• बैशाख १,पथरी ।
    विराटचौकमा रहेको सुविजीमुर मेमोरियल माध्यमिक बिध्यालयले आफ्नो २५ औ अभिभावक दिवस मनाएको छ ।
    अभिभावक दिवसको अवसमा बिध्यालयले अभिभावक, बिध्यार्थी र शुभचिन्तक बिच नयाँ बर्षको शुभकामना आदन प्रदान गर्दै उत्कृष्ट बिध्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
    बिध्यालयले गत बर्षको एस ई ई मा जिपिए ४ ल्याउने सुभम झालाई नगद २५ हजार सहित सम्मान गरेको छ ।
    साथै सोही अवसरमा विद्यालयले वार्षीक परिक्षामा प्रथम, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पनि प्ुरस्कृत गरेको छ ।
    कार्यक्रमको उद्धघाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथी तथा नगर उपप्रमुख धनमाया तामाङले नगरपालिकाको पुरानो र नमुना बिध्यालयको रुपमा रहेको बिध्यालयले देशको सेवा गर्ने कर्णधार बिध्यार्थी उत्पादन गर्न सफल भएको भन्दै शुभकामना दिएकी थिईन ।
    नेपालमा रहेका १० हजार भन्दा बढि निजि बिध्यालयले ५ लाख लाई वढि लाई रोजगारी, २० लाख बिध्याथी लाई शिक्षा दिएको प्यब्सन मोरङ अध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथी अर्जुन बस्नेतले वताए ।
    निजी बिद्यायालयले बिद्यार्थीको क्षमताको पहिचान गरि शिक्षा दिएको र निजी विद्यालयमा अध्ययन गर्ने विद्यायर्थी हरेका क्षेत्रमा सफल रहेको वस्नेतले वताए
    २०५१ सालमा स्थापना भएको स्कुल नगरकै उत्कृष्ट बिध्यालय बन्न सफल भएको प्रिन्सिपल गोबिन्द कार्कीले बताए ।
    कक्षा नर्सरी देखि १२ सम्म पढाइ हुने सो विद्यालयमा कोरा किताबी ज्ञानका अलाव अन्य क्षेत्रका क्रियाकलाप पनि विद्यालय सफल रहेको छ कार्कीको भनाई रहेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…