मसक्क मस्कियो गणतन्त्र
ङिच्चङिच्च हास्यो सांसद
निर्वाचन जितेर गएपछी
छक्क परेर बिच्कियो जनता
खरबौं भ्रष्टाचार सुनिसकेपछी
थचक्क बस्यो लोकतन्त्र
सरकारी जग्गा बेचिए पछि
मसक्क मस्कियो गणतन्त्र
सुशासन साहिलो भागिसकेपछी
किच्च परेर हेरिरहे जनहरुले
नदिनाला,ढुकुटी मासिएपछी
कसरी बाचोस गणतन्त्र
र आउनु समाजवाद यहाँ
लोभी र पापी सप्रिसकेपछि
बलात्कृत भै समृद्दी मारिदा
कहाँ बाट आओस बिकास यहाँ
सुखहरु शोकमा डुबिसकेपछी
कसरी बलोस शान्ती दिप यहाँ