• पथरी वैशाख २।  मोरङ पथरीशनिश्चरे १० मा स्थापित नेपाली भाषी युवा समूहले प्रदेश स्तरीय नृत्य प्रतियोगिता आयोजना गरेको छ । आइतबार भएको सो नृत्य प्रतियोगितामा एकलतर्फ झापाको दमक डान्स सेन्टरले प्रथम स्थान हासिल ग¥यो । यस्तै दोस्रो स्थान भने पथरीशनिश्चरे देवीगन्जको चिनारी बोर्डिङ स्कुलकी जयन्ती लिम्बु भइन् ।
    प्रथम स्थान हासिल गर्ने दमक डान्स सेन्टरले १० हजार १० रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने दोस्रो हुने जयन्ती लिम्बुले ५ हजार ५ रुपैयाँ र ट्रफी प्राप्त गरिन् । यसैगरी सामुहिक नृत्यतर्फ प्रथम सौगात डान्स सेन्टर र दोस्रो दमक डान्स सेन्टर घोषित भए । सो नृत्य प्रतियोगिताको जर्जहरुमा नृत्य निर्देशक कमल राई, मनिता राई र भूपेन्द्र लिम्बु रहेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…