• २९ मोरङ  । किरात राई यायोक्खाका केन्द्रीय नेताहरुले एक नम्बर प्रदेशलाई किरात स्वायत्त राज्य नभए आन्दोलन चर्काउने चेतवनी दिएका छन् । यायोक्खाको मोरङ मिक्लाजुङ गाउँपालिका समितिले आज(सुक्रबार) आयोजना गरेको उद्यौली कार्यक्रममा बोल्दै नेताहरुले सो कुरा बताएका हुन् ।

    कार्यत्रममा यायोक्खा केन्द्रीय उपमहासचिव तिलकप्रसाद राई, किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष अर्जुन जम्नेली राई, मोरङ जिल्ला सचिव कृष्ण राई, स्थानीय बुद्धिजिवी हर्क छिन्ताङ राई लगायतले बोलेका थिए । बक्ताहरुले एक नम्बर प्रदेश सभाले प्रदेशको नाम किरात स्वायत्त राज्य राख्नेमा अफूहरु विस्वास्त रहेको भन्दै किरात नराखिए आन्दोलन चर्काउने चेतावनी दिएकाहुन् ।



    स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पछि नेपालमा हुदै आएको धार्मिक, साँस्कृतिक, आर्थिक, राजनीतिक विभेदको अन्त्यहुनेमा आपूmहरु विस्वास्त रहेको बताएका थिए । विभेद जारी रहे नेपालमा अर्को विद्रोह निश्चितहुने समेत वक्ताहरुले बताएका थिए । यायोक्खा गाउँपालिका समिति अध्यक्ष रामकृष्ण राईको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय तहको निर्वाचनमा विजेता गाउँपालिका अध्यक्ष देविप्रसाद आचार्य, २ नम्बर वडा अध्यक्ष गौरी राई, सदस्यहरु नैनबहादुर राई, मोहन राई, कमलकुमारी राई, कृष्णकुमारी बिकलाई सम्मान गरेका थिए ।

    उद्यौली पर्वको अवसरमा साकेला थानमा सामुहिक पुजापछि साकेला नाचेर मनोरन्जन गरेका थिए । सो स्थालमा यायोक्खाले आफैले रकम संकलन गरेर पाँच कट्ठा जग्गा किने।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …