• महेन्द्र थेगिम
    मिक्लाजुङ । सिर्जनशिल युवा क्लवको आयोजनामा यहि वैशाख ५ गतेदेखी मोरङको मिक्लाजुङ—६ लालमाटीमा ‘प्रथम मिक्लाजुङ गोल्डकप २०७६’ फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यतिबेला आयोजक संस्था खेलको प्रचारप्रसार मैदान ब्यवस्थापन,सहयोग संकलनमा जोडतोडले लागिरहेको छ । बैशाख ५ गतेदेखी सूरु हुने खेल नजिकिएसँगै स्थानीय स्तरमा उत्साह छाएको छ । दर्शकहरु खेलको ब्यग्र प्रतिक्षामा छन् ।

    नयाँ बर्षको अवसर पारेर आयोजना गर्न लागिएको फुटवल प्रतियोगितामा पूर्वका ८ टिमको सहभागिता रहनेछ । जसमा बैशाख ५ गते धरान एफसी र झापा राजगण, ६ गते इटहरी तालतलैया र मोरङ एकेडेमी,७ गते लेटाङ एफसी र एफिएफ सुनसरी,८ गते आयोजक र बेलवारी फुटवल क्लव विच खेल हुने खेल संयोजक नेमप्रकाश तामाङ बिक्रमले जानकारी दिनुभयो । उहाँले खेललाई भब्य र सब्य बनाउन देशबिदेशमा रहनुहुने स्थानीय सबैमा अनुरोध गर्नुभएको छ ।

    बैशाख १२ गते हुने फाइनल खेलको बिजेताले नगद १ लाख ५ हजार ५ रुपैंया ट्रफि प्रमाणपत्र मेडल प्राप्त गर्नेछन् । यस्तै,उपबिजेताले नगद ५५ हजार ५ रुपैंया सहित ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । खेल अनुमानित ८ लाखमा सम्पन्न हुने अध्यक्ष तामाङले बताउनुभयो ।

    क्लवका सचिव रामकुमार राईले मिक्लाजुङमा खेलमय वातावरण बनाउदैं खेलको विकास र नयाँ बर्षको शुभकामना आदानप्रदान गराउने उदेश्यले फुटवल प्रतियोगिता गर्न लागिएको बताउनुभयो । उहाँको अनुसार खेलको लगभग तयारी पुरा भएको छ ।
    राष्ट्रकै चर्चित खेलाडीहरुले सुसजित हुने मिक्लाजुङ गोल्डकप साविक टाँडीको गौरवको रुपमा लिइएको टाँडी युवा क्लवका अध्यक्ष महेन्द्र थेगीमले बताउनुभयो ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…