• विराटगनर । चर्चित साहित्यकार ताराबहादुर बुढाथोकी ‘पाख्रिवासे कान्छो’ र प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीलाई मंगलबार विराटनगरमा सम्मान गरिएको छ ।
    प्रगतिशिल लेखक संघ नेपालले एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । संघका केन्द्रीय सदस्य मधु पोखरेलले खादा ओढाएर बुढाथोकी र पुरीलाई सम्मान गर्दै सफलताको शुभकामना दिए । साहित्यकार बुढाथोकी संखुवासभाको खाँदबारीस्थित बरुण बहुमुखी क्याम्पसका उपप्राध्यापक र संघको केन्द्रीय पार्षद हुन् । उनी राष्ट्रपतिबाट प्रदान गरिने जनसेवा श्री पाँचौंबाट पनि यस वर्ष विभूषित भइसकेका छन् ।

    पुरी विराटनगरको एभरेष्ट बोर्डिङका सञ्चालक हुन् । कार्यक्रममा नेपाली साहित्य क्षेत्रमा बुढाथोकीले र निजी विद्यालयको विकासमा पुरीले पु¥याएको योगदानको चर्चा गरिएको थियो । साहित्कार एवं प्राध्यापक देवी पन्थी, शिवनारायण पण्डित ‘सिंगल’, बुद्धिजिवी दिनेश श्रेष्ठ, नागरिक अगुवा रामबाबु दाहाल लगायतले बुढाथोकी जस्तै स्रष्टाका कारण नेपाली साहित्य क्षेत्रले उचाई लिएको बताए । उनीहरुले पुरीले निजी विद्यालयको विकासमा योगदान दिएर नेपालको शैक्षिक गुणस्तर उकास्न निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…