• १ पुस, उर्लाबारी

    अक्सर मानिस आफ्नो जन्मदिनको अवसर पारेर साथीभाइसँग जमघट गर्ने, मिस्ठान परिकार बनाएर खाने, नयाँ ठाउँ घुम्न जाने लगायत विभिन्न कार्यहरु गर्ने गर्छन् तर मोरङ उर्लाबारीकी याङमा चोङबाङले भने आफ्नो जन्मदिन अरु भन्दा पृथक ढंगले मनाएकी छन् ।

    जन्मदिनका लागि छुट्याईएको रकम सामाजिक काममा खर्चेर आम मानिसले भन्दा छुट्टै तरिकाले याङमाले आफ्नो जन्मदिन मनाएकी हुन् । १२ औं जन्मदिनको अवसर पारेर उनले उर्लाबारीको एक सामुदायिक विद्यालयमा अध्यनरत गरीव तथा विपन्न वर्गका ५ जना बिध्यार्थीहरुलाई नगद १० हजार बराबरको स्टेसनरीका सामग्री सहयोग गरेकी छन् । “जीवन ज्योति जिउनको लागि शिक्षा” अक्षयकोषको वार्षिक उत्सव समेत पारेर स्मृति दनुवार, साहिल श्रेष्ठ, मनिसा राई, विमला तिम्सीना र सुसिका भट्टराईलाई उक्त सामग्री प्रदान गरिएको हो ।



    यसैगरी उर्लाबारीमा नै रहेको नमूना बाल गृहको अक्षयकोषमा नगद १० हजार नगद सहयोग गरेकी हुन् । यति कलिलो उमेरमा नै सामाजिक क्षेत्र प्रतिको उनको लगाभ उदारर्णीय रहेको गृहकी अध्यक्ष मिना बरालले बताईन् । बरालले भनिन् यति सानो उमेरमा नै यसरी सामाजिक क्षेत्रमा आकर्षित हुनु एकदमै राम्रो हो उनीबाट अरुले पनि सहयोगको भावना उजागरण गर्न सिक्नु पर्दछ ।
    याङमाले जस्तै जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा खर्चेर उदाहरर्णी कार्य गरेको योसेक क्लवका अध्यक्ष भिष्म बुढाथोकीले बताएका छन् ।



    जन्मदिनको उपलक्ष्यमा सामाजिक कार्य गर्नू पाउँदा एकदमै खुसी लागेकोे याङमाले बताईन् । आफ्नो आमा बुबाको सामाजिक कार्यप्रतिको लगाभले गर्दा पनि सामाजिक कार्यमा रुची रहेको पनि उनले बताईन् ।
    छोरीको जन्मदिन उनले चाहे अनुसार नै मनाउन पाउँदा एकदमै हर्षित भएको आमा कौशिला चोङबाङले बताईन् । आफ्ना सन्तानका आगामी जन्मदिनहरु पनि यसैगरी सामाजिक कार्यहरु गरेर मनाउने सोच रहेको आमा कौशिलाले जानकारी गराएकी छन् ।

    हाल हङकङमा रहेका उनका बुबा जितेन्द्र चोङबाङले स्थानीय स्तरका विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएका छन् । चोङबाङ “जीवन ज्योति जिउनको लागि शिक्षा” अक्षयकोषका संरक्षक तथा योसेकका संस्थापक अध्यक्ष समेत हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …