• विराटनगर । नेवार समुदायका किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ विराटनगरमा पुनः मिस नेवाः कोशी हुने भएको छ ।
    विगत ३ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको मिस नेवाःको तयारी सुरु भएको छ । आयोजक मञ्जिना मुभिज क्रिएसनका प्रबन्ध निर्देशक जतिन ताम्राकारका अनुसार तेस्रो संस्करणको तयारी थालिएको छ ।
    यस वर्षको विजेताले स्कुटी प्राप्त गर्नेछन् । यसबाहेक विजेतालाई अन्य आकर्षक उपहारसमेत प्रदान गरिने प्रबन्ध निर्देशक ताम्राकारले जनाए । ५ लाख रुपैयाँ बराबरको बिमा, म्युजिक भिडियोमा अभिनयलगायतका पुरस्कारसमेत प्रदान गरिनेछ ।

    प्रतियोगितामा सहभागी हुन चाहने किशोरीहरूका लागि फारम खुल्ला गरिसकिएको छ । यही शनिबार विराटनगरबाट अडिसन सुरु हुनेछ । विराटनगरबाहेक धरानमा १४ र दमकमा २१ गते अडिसन हुने ताम्राकारले बताए । विभिन्न चरणमा छनौटमा राष्ट्रिय कलाकार, पत्रकार, साहित्यकारलगायतका समाजका प्रतिष्ठित व्यक्तिले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । यसअघि पहिलो संस्करणमा रैशा श्रेष्ठ र दोस्रो संस्करणमा सुधा श्रेष्ठ विजेता भएका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…