• १ पुस काठमाडौँ: नायिका सुष्मा कार्कीले केहि समय अघि बलिउड सुपरस्टार सलमानसँग खिचेको फोटो फेसबुकमा पोष्ट गरेकी थिईन् ।


    उक्त फोटो नेपालका अनलाईन तथा मिडियाहरुमा भाईरल भएको थियो । खासमा सुष्मा र सलमान बीचको भेटलाई लिएर अनेक प्रकारका अड्कल थिए । कतिले सलमानसँग सुष्माले फिल्म गर्न थालेको अनुमान गरे भने कतिले संयोगले सलमानसँग भेट भएको आशंका गरे । तर हालैमा ‘मेरो अनलाईन टिभी’ युटूब च्यानलसँग कुरा गर्दै सुष्मा कार्कीेले रहस्य खोलेकी छिन् ।

    ‘सलमानसँगको भेट कसरी संभव भयो’ भन्ने पत्रकार विश्व लिम्बुको प्रश्नमा उनले संसार सानो भएको भन्दै जहिले जो सँग पनि भेट हुने घुमाउरो कुरा गरिन् । उनले ‘सलमानसँगको भेटमा के के भयो म भन्न सक्दिनँ’ भन्दै कुरालाई गोप्य राख्ने कोशिस गरिन् ।

    पत्रकार विश्व लिम्बुले ‘तपाइँ र सलमान खान केहि प्रोजेक्टमा काम गर्दै हुनुहुन्छ ?’ भन्ने प्रश्नलाई पनि उनले नकारिनन् । उनले “त्यो पनि हुन सक्छ “भन्दै सलमानसँगको भेट बारे धेरै कुरा नखोल्ने भन्दै कुरा मोडेकी छिन् ।

    थप हेर्नुस भिडियोमा:

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…