• विराटनगर, ७ चैत । मिस नेवाः कोशीको छनौट चरण शनिबारदेखि विराटनगरमा सुरु भएको छ ।
    विराटनगरस्थित बिग होटलमा आएको पहिलो चरणमा ११ जना सहभागी भएका थिए । नेवारी समुदायको संस्कृति जगेर्ना उद्देश्यले मिस नेवाः आयोजना गर्न लागिएको आयोजक मञ्जिना मुभिज प्रालिका प्रबन्ध निर्देशक जतिन ताम्राकारले जानकारी गराए ।
    साहित्यकार सरिता तुलाधर, पत्रकार एवं कवि मीनकुमार नवोदित र यसअघिका विजेता रइसा श्रेष्ठ र सुधा श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरूले नेवारी संस्कृति, महिला वर्तमान अवस्थालगायतका विभिन्न विषयमा प्रश्न राखेका थिए । १६ देखि २५ वर्ष उमेर समूहका नेवारी समुदायका युवतीहरू प्रतिस्पर्धामा सहभागी हुन पाउने ताम्राकारले बताए । एसइईदेखि स्नातकसम्म अध्ययन गरेका युवतीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
    नेवारी समुदायको भेषभुषा र संस्कृतिप्रति युवापुस्तालाई आकर्षित गर्दै उनीहरूभित्र रहेको प्रतिभा प्रस्फुटन गराउन प्रयोगिता आयोजना गरिएको ताम्राकारले बताए ।



    यो तेस्रो शृंखला हो । यसअघि दुईवटा शृंखला सम्पन्न भइसकेको छ । पहिलोमा रइसा श्रेष्ठ र दोस्रोमा सुधा श्रेष्ठले उपाधि जितेका थिए । धरान, इटहरी र दमकमा पनि छनौट गरिनेछ । सबै स्थानबाट छनौट भएर आएकाहरूलाई विराटनगरमा दोस्रो चरणको बन्द प्रशिक्षणमा राखिनेछ । विगतमा विराटनगर र आसपासका क्षेत्रलाई समेटेर प्रतियोगिता आयोजना हुने गरेको थियो । “यस पटक प्रतियोगितालाई झापा र सुनसरीसम्म पु¥याउने योजनामा छौं,” ताम्राकारले भने, “आगामी वर्षदेखि प्रदेश–१ स्तरीय बनाउने छौं ।” प्रतियोगितामा युवतीहरूको सहभागिताले आफू उत्साहित भएको उनले बताए । विजेतालाई स्कुटी, ५ लाख रुपैयाँ बराबरको जीवन बिमासहितका आकर्षक पुरस्कार प्रदान गरिनेछ । त्यस्तै म्युजिक भिडियोमा अभिनय गर्ने अवसरसमेत विजेताले प्राप्त गर्ने ताम्राकारले बताए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …