• राज्यको चरम दोहन,भ्रस्टाचार बढिरहेको बेला एक जनप्रतिनिधि आफुलाइ ऋणबाट मुक्त हुनका लागि सरकारलाइ आफू ऋण तिर्नका लागि तयार भएको तर ऋण तिर्ने ठाउ नै नभएकाले आफू अलमलमा परेको बताएका छन् ।

    ,बाग्लुङ जिल्ला जैमुनी नगरपालिका वडा न ७ जैदी का वडा सदस्य समेत रहेका शालिन समाजसेवि केन्द्र रसाइलीले स्थानीय तहले आफुलाइ दिने कुनैपनी तलबभत्ता हालसम्म ब्यक्तिगत प्रयोजन मा खर्च गर्नुभएको छैन भने उक्त तलबभत्ता आफ्नो वडामा बसोबास गर्ने ,दलित,बिपन्न,तथा गरिबहरुका लागि मात्र नभई विभिन्न टोलटोलमा स्वास्थ का लागि स्टेयर बितरण साथै विभिन्न बिधालय मा शैक्षिक गुणस्तर वृद्धि तथा बिज्ञान बिषयका प्रयोगशाला मा आवस्यक बस्तु तथा उपकरण समेत उपलब्ध गराएका छन !

    उनले राजनितिलाइ समाजसेवाका रुपमा बुझेको , राजनिती सेवा हो पेशा हैन भन्ने कुरामा बिश्वास ब्यक्त गर्दै सकारात्मक सोच र सामाजिक राजनैतिक चेतनाले मात्र मुलुक को बिकास र समृद्धि सम्भब रहेको बताउदै राज्यलाइ " म ऋण मुक्त हुन चाहान्छु यो मेरो देश नेपाल मा वर्षै पिच्छे नेपाली जनतालाई सधै ऋणको भारि धटाउने होइन सधै ऋण को भारि बढेको बढै छ । विकास गर्दा लागेको हो कि नेताहरुले करोडौँ कमाउदा खेरि लागेको हो भने कुरा बुझनु जरुरी छ । मलाई लागेको करिब ३२०००/-ऋण तिर्न तयार छु म ऋण मुक्त हुन चाहान्छु । कहा गएर ऋण तिर्ने हो मलाई थाहा भएन हजुरहरुलाई थाहा भए जानकारी गराईदिनुहोला" भन्दै राज्यलाइ उक्त ऋणको भारी बिसाउने ठाउ देखाउन आग्रह समेत गरेका छन !

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…