• उर्लाबारी । उर्लाबारी जेसिजको आज सम्पन्न १९ औ साखा अधिबेशन ले सन-२०१८ का लागि सचिन साक्य को नेत्तृत्व मा नयाँ समिति को चयन गरेको छ । समिती मा कार्यकारी उपाध्यक्ष यादव भण्डारी र अशोक धिमाल रहेका छ्न ।यस्तै उपाध्यक्ष मा बासुदेव घिमिरे ,ताराप्रसाद खतिवडा ,सनम श्रेष्ठ र पुण्यप्रसाद लिङ्देन र जनसम्पर्क अधिकारिमा जेजि खतिवडा रहेका छ्न ।

    समाज सेवासँगै व्यवसायमा सचिन शाक्य

    उर्लाबारी ६ का वडा सदस्य समेत रहेका सचिन  पछिल्लो समय व्यवसाय एवं सामाजिक कार्यमा सफल छवि बनाउन सफल युवा हुन्  ।
    यस क्षेत्रका युवाहरुमाझ उदाहरणीय उनी सूर्यकमल निर्माण सेवाका सञ्चालक हुन् । सन् २००२ मा साईबर क्याफेको कामको शिलशिलामा कतार पुगेका शाक्यले त्यहाँ जीवनको वास्तविकतालाई नजिकबाट नियाल्ने अवसर पाए ।

    सामान्य आर्थिक अवस्थाका बीच परिवारको उज्जवल भविष्यका निम्ति विदेशिएका उनले काम गरेको ५ महिनासम्म एक पैसा पनि पाएनन् । तलव माग्दा समेत कम्पनीले वास्ता नगरेपछि नेपाली दुतावासको शरणमा पुगेका उनलाई दुतावासले लेवर कोडमा जान सुझायो । त्यसपश्चात निर्माण कम्पनीमा ८ महिना काम गरेर नेपाल फर्किएका उनले विदेश के हो भन्ने राम्रैसँग बुझ्ने अवसर पाए । देशमै केही गर्ने सोच भएता पनि आर्थिक अवस्था नाजुक भएकै कारण उनले सोचे अनुरुपको काममा पाईला चाल्न सकेनन् ।



    समय बलवान हुन्छ । लामो समयको मेहेनत र परिश्रमसँगै उनको भाग्यमा पनि परिवर्तन आयो । २०६४ सालमा उनले सुर्यकमल निर्माण सेवा सुरु गरे । दिन रातको अथक मेहेनत अनि साथीभाई र परिवारको साथले उनी आज यस क्षेत्रकै सफल व्यवसायी बन्न पगेका छन् । विदेश जाने पैसा स्वदेशमै लगानी गरेर सानो भएपनि व्यवसाय गर्न अन्य युवालाई सल्लाह दिन्छन्, उनी । भन्छन्, ‘अरुले भने जस्तो छैन विदेश, त्यहाँ जस्तो परिश्रम गर्ने हो भने यतै मनग्ये आम्दानी गर्न सकिन्छ ।’

    किशोर अवस्थामै अत्याधिक संघर्ष गरेका शाक्य उर्लाबारीमा क्रियाशिल विभिन्न सामजिक संघसंस्थाहरुमा सहयोग गर्दै आएका छन् । उनको कार्यको मूल्याङ्कन गर्दै स्थानिय सञ्चार क्लबले उनलाई २०७१ सालमा सम्मान गरिसकेको छ । निर्माण क्षेत्रमै सफल उद्यमीका रुपमा परिचित शाक्य पूर्वाञ्चल टिफर व्यवसायी संगठनका सदस्य समेत हुन् । शाक्यले पछिल्लो समयमा विभिन्न क्षेत्रमा आपूmलाई उभ्याएका छन् जस्तो कि व्यापारसँगै केही समय यता शाक्यले होटल व्यवसायमा समेत हात हालेका छन् । झापाको दमकमा संचालित होटल वन्र्डल्याण्डको सञ्चालक समेत रहेका छन् । उनी भन्छन्, ‘दुःखमा आत्तिनु र सुखमा मात्तिनु हुँदैन । जीवनमा धैर्यता अपनाउनु जरुरी छ । संघर्ष गरे अवश्य लक्ष्यमा पुगिन्छ ।’

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…