दमक। एनएमबि बैंक दमक शाखाले आफ्नो बैंकले प्रदान गरिरहेको तथा नेपाली बैंकिङ्ग क्षेत्रमा प्रचलीत डिजिटल बैंकिङ्ग सम्बन्धी तथा अन्य नयाँ सेवाहरुको बारेमा अन्तरकृया तथा तालीम सम्पन्न गरेको छ । आज आफ्नो शाखा कार्यलयमा नै सम्पन्न गरेको कार्यक्रममा विभिन्न क्षेत्रका ५० भन्दा बढीको सहभागीता रहेको थियो ।
बैंकले उद्योग बाणिज्य संघ दमक तथा त्यस अन्तरगतका विभिन्न बस्तुगत संघहरुसँगको समन्यवमा अन्तरकृया तथा डिजीटल बैंकिङ्ग प्रविधिको प्रयोग सम्बन्धी प्रत्यक्ष तालीम समेत सञ्चालन गरेको हो ।
अन्तरकृया तथा तालीममा नेपाल सरकारको “खोलौ बैंक खाता” अभियान अन्तरगत बैंकले सञ्चालन गरेको “सबैको साहारा बचत योजना”, बैंक तथा वित्तीय संस्थाहरुको नीति तथा कार्यक्रमहरुबारे जानकारी, मोवाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, अनलाईन शेयर आवेदन, डिम्याट खाता, अनलाईन राजस्व भुक्तानी, अनलाईन फण्ड ट्रान्सफर, बारे जानकारी, मोवायल बैंकिङ्ग मार्फत खानेपानी, विजुली, टेलिफोन, विमा शुल्क, स्कुल, कलेजको शुल्क, इन्टरनेटको विल भुक्तानी, अनलाईन सपिङ्ग सम्बन्धी जानकारी गराउनुका साथै कार्यक्रममा सहभागीहरुले चासो व्यक्त गरेका विभिन्न विषयका बारेमा बैंकका शाखा प्रमुखले जानकारी गराएका थिए ।