• दमक,११ बैशाख । सत्तारुढ संघीय समावादी फोरम नेपाल ( संसफो )झापा जिल्ला समन्वय समितिको अध्यक्षमा दिपेनवाला राई चुनिएका छन् ।जिल्लाको दमक नगरीमा हिजो सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट राईको अध्यक्षतामा सर्वसम्मत ४५ सदस्यीय जिल्ला समिति गठन भएको हो ।

    गठित समितिको उपाध्यक्षमा संगीता रौनियर,सचिवमा सिदेन सोलारी मगर,सहसचिवमा अर्जुन राई र कोषाध्यक्षमा बालकुमार भुजेल चुनिएका छन् । जिल्लाको १२ वटा स्थानीय तहमा संसफोको संगठन निर्माण छ । दुई वर्षे कार्यकाल रहने जिल्ला समितिमा पार्टीको गठित गाँउपालिका,नगर समितिका एक महिलासहित तीन जना सदस्य रहने छन् ।
    जिल्ला अध्यक्ष धिरेन लावतीको अध्यक्षतामा भएको अधिबेशन पार्टीका महासचिव रणध्वज कन्दङ्गवाको प्रमुख आतिथ्यतामा भएको थियो । अधिबेशनको उद्घाटनमा पार्टीका प्रदेश नम्बर १ का अध्यक्ष भुपेन्द्र नेम्बाङ्ग,राजनीति समिति सदस्य प्रविण चाम्लिङ, केन्द्रीय सदस्यहरु लोकसागर साम्वा, प्रेमदिप थाम्सुहाङ्ग,प्रदेश सचिव कमन देवान लगायतले बोलेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…