• बाहुनडाँगी, ११ बैशाख । दाङ महिला जेसीजको जेसीज सप्ताह अन्तरगत मंगलवार घैटाफोर प्रतियोगिता सम्पन्न गरेका छन् ।
    शाखाकी अध्यक्ष रेखा शर्माको अध्यक्षता तथा खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको उपाधी त्रिभूवननगर जेसीजका जनसम्पर्क अधिकारी मिनराज भाटले जित्नु भयो । प्रतियोगितामा १२ जनाको सहभागिता रहेको थियो ।
    कार्यक्रम संयोजक वसन्ता भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमको औचित्यमाथि मुल संयोजक जिवा भुसालले प्रकाश पार्नु भएको थियो । कोषाध्यक्ष नमा शर्माले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले सञ्चालन गर्नु भएको छ ।
    यसैगरी सप्ताहकै अवसरमा बुधवार नागरिक सुरक्षा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    शाखाकी अध्यक्ष रेखा शर्माको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बेलबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    कार्यक्रममा महिला अधिकारकर्मी एवम् नागरिक समाज दाङकी सचिव लक्ष्मी आचार्यले नागरिक सुरक्षा सम्बन्धि अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो । अवधारणा पत्र प्रस्तुत गर्दै अधिकारकर्मी आचार्यले व्यक्तिहरु सडक, कार्यस्थलमा असुरक्षित रहेको, स्वास्थ्य सुरक्षा नपाएको, महिला भएकै कारणले विभिन्न विभेद यौनजन्य हिां भोग्नु परेको बताउनु भयो ।  कार्यक्रममा सुशिला पौडेल, विनोद केसी, नविन अभिलासी, लोकराज पराजुली, माया पोखरेल लगायतले बोल्नु भएको थियो ।
    कार्यक्रम संयोजक वसन्ती सुवेदीले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव अनिता ढकालले गर्नु भएको थियो । कार्यक्रमको मुल संयोजकका रुपमा उपाध्यक्ष जिबा भुषाल रहनु भएको छ । `

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…