• दीप लिम्बू,रातोकलम अनलाइन/मलेशिया
    डीसेम्बर,१७

    नेकपा माओबादी केन्द्र समर्थीत प्रबास संगठन नेपाली जनप्रगतिसिल मन्च केन्द्रीय समिति मलेशियाले आज एक कार्यक्रमको आयोजना गरि आफ्ना कार्यकर्ताहरुको बिदाइ गरेको छ।
    लामो समय देखि मलेशियालाई कर्म थलो बनाइ प्रबासमै भए पनि पार्टी सङ निरन्तर सम्पर्क रहदै मजदुर हितका लागि संगठनमा आवद्ध दुई केन्द्रीय सदस्यहरुलाई पार्टी र सङठनलाई विभिन्न चरणहरुमा गरेको योगदान र हातेमालोलाई कदर गर्दै सम्मान पत्र एबम खादा ओढाएर बिदाइ गरेको हो।

    कार्यक्रमको सुरुवातमा नेपाली राजनितीक उपलब्धि र परिवर्तनका खातिर ज्यान गुमाएका ज्ञात अज्ञात सहिदहरुको नाममा १ मिनेट मौन धारण गरेर औपचारिक रुपमा कार्यक्रम अगाडि बढाइएको थियो भने नेपाली जनप्रतिसिल मन्च मलेशियाका अध्यक्ष प्रेम पाण्डेको अध्यक्षता र नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एबम मन्चका प्रमुख सल्लाहकार क.रमेश तिवारीको प्रमुख आथित्यमा बिदाई तथा नियमित बैठक सम्पन्न भएको छ।

    कर्म भुमी मलेशियाको अवधी समाप्त भई स्वदेश फर्कनु लाग्नु भएका क.सरराज उप्रेती नेपाली जनप्रगतिसिल मन्च मलेशियाका केन्द्रीय सदस्य थिए भने लोक लामा मोक्तान केन्द्रीय सदस्य तथा क्षेत्रीय राज्य समिती जोहोरका उपाध्यक्ष हुन।केन्द्रीय समितीको नियमित बैठकको निर्णयले ७औ सम्मेलन पछि बैठकमा उपस्थित नभएका सदस्यहरूलाई सङठनको विधि बिधान अनुसार जिम्मेवारी बाट मुक्त गर्दै वीर बहादुर बुढा,सुगम बुढा र किरण बजगाईको सदस्यता खारेजी गरेको छ र रिक्त रहेको पदहरुमा पदपूर्ति गर्दै सचिबमा सङकर राणा र कोषाध्यक्षमा सागर पहाडीलाई चयन गरेको छ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…