• उर्लाबारी । झापा र मोरङको सिमानामा रहेको आम्बारी खेल घेरावाराको लागि शिल्यान्यास गरिएको छ । मैदानको स्तरोउन्नती गर्ने उदेश्यका साथ उर्लाबारीका मेयर खड्ग फागो र दमक १० का वडा अध्यक्ष बोधराज न्यौपानेले संयुक्त रुपमा शिल्यान्यास गर्नुभयो ।
    मेगर फागोले आम्बारी खेल मैदान यस क्षेत्रकै गहना भएकोले झापा र मोरङको नभनि संरक्षणमा एक जुट हुनु पर्नेमा जोड दिनुभयो । झापा र मोरङ सिमाका कारण मात्र हामी छुट्टीएका छौं, तर हामीमा भिन्नता छैन,मेरो फागाले भन्नुभयो, देशविदेशबाट सबैले सहयोग गरिरहनुभएको रैछ । नगरपालिकाबाट मैदान संरक्षणको लागि आवश्यक सहयोग भईरहने छ ।


    वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेले मैदानको स्तर उन्नतीका लागि योजनाहरु बनाएर लागिरहेको बताउदैं आफु जोडतोडले लाग्ने बताउनुभयो ।
    मैदान मर्मत सम्भार समितिका कार्याबहाक अध्यक्ष लोलिम पोमुले मैदानको शिल्यान्यास भएको र घेराबाराको काम सुरु हुने बताउनुभयो ।

    https://www.youtube.com/watch?v=09_fCEiIkv0&t=121s

    उर्लाबारीका मेयर र दमक १० का वडा अध्यक्षको उपस्थितीमा मैदानको समस्या र गर्नुपर्ने कामहरु देखाएको बताउदैं पोमु भन्नुहुन्छ, उहाँहरुले मैदान हेर्नुभएको छ । हामीहरुले योजना पेश गरेका छौ । मैदानको स्तरोउन्नती हुनेमा आशावादी छौ ।
    पोमुले देशविदेशबाट मैदानको लागि सहयोग गर्नुहुने अग्रज दाजुभाई दिदीबहिनीहरुलाई पनि धन्यवाद प्रकट गर्नुभएको छ ।

    https://www.youtube.com/watch?v=zgB-1KOq4YA&t=241s

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…