• प्रेमप्रसाद भटराई (के.डी)

    पथरी । मोरङको पथरीशनिश्चरे स्थित पथरी वजारमा भएको रिना हत्याकाण्डको विषयमा स्थानियहरु प्रहरी प्रति नै ससंकित वनेका छन् । घटनाको एक हप्ता वित्न लाग्दा समेत प्रहरीले मिडियालाई कडाई गरी  सो घटना हत्या नभइ लडेर मृत्यु भएको रिपोर्ट देखाउने वाहेक खासै ठुलो उपलव्धि देखाएको छैन । शव भेटिएपछि हतारका साथ प्रहरीले शव उठाउनु र हत्या नभइ लडेर मृत्यु भएको दावि गर्नुलाई स्थानियले प्रहरीको भुमिका संकास्पद भएको वताएका छन् । शव भेटिएको दिन राति राति करिव १ वजेदेखि ५ वजेसम्मको अवधिमा ठेलामा संकास्पद केही वस्तु वोकी घटनास्थल वरपर केही व्यत्ति आवतजावत गरिरहेको सिसिटिभि फुटेज वाहिरिएको छ । तर प्रहरीले भने सो फुटेजमा देखिएका व्यक्ति तरकारी व्यवसायि भएको वताउदै आएको छ ।

    उद्योग वाणिज्य संघको भुमिकामा नगरवासि अचम्मितः घटनापछि पथरी उद्योग वाणिज्य संघका अद्यक्ष दिपक वस्नेतको नेतृत्वमा गएको भेलाले नगरप्रमुख दिलिपकुमार राईलाई ध्यानाकर्षण गराउदै ब्यापारीका हकहितका लागि लडिरहने वताएको थियो । त्यसमा लायन्स क्लव अफ पथरी योङ हार्टले पनि सहभागित जनाउदै ध्यानाकर्षण गराएको थियो । सोहि दिन इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक कमल वजगाईलाई ध्यानाकर्षण गराउन जाँदा प्रहरी निरिक्षकको भुमिकावाट सो समुह आक्रोसित वनेको थियो ।

    गेटवाट भित्र छिर्न नै नदिएपछि आक्रोसित वनेको हुल भित्र छिर्नासाथ प्रहरी निरिक्षकले समय दिन आनाकानी गर्नु, प्रतिप्रश्न गर्न नपाउनु र मिडियालाई उनले वोलेको कुरा खिच्न तथा रेकर्ड गर्न समेत प्रतिवन्ध लगाएपछि स्थानिय थप आक्रोसित वनेको थियो । प्रहरि कार्यालयमा आक्रोसित वनेर आएको वाणिज्य संघको नेतृत्वमा रहेको सो समुहले सडक अवरुद्ध पारी आन्दोलन थालेको थियो । तर त्यसपछिका दिनमा वाणिज्यसंघका पदाधिकारीहरुले कुनै भुमिका नखेलेपछि स्थानिय पनि अचम्मित वनेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…