• बाहुनडाँगी । दाङ महिला जेसीजको जेसीज सप्ताह अन्तरगत पाँचौँ दिनको कार्यक्रम अन्तरगत खुल्ला साहित्य कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक संघ दाङका कोषाध्यक्ष सन्ध्या रेग्मी, त्रिभवुवननगर जेसीजका पूर्ब अध्यक्ष दीपक शर्मा , मीना लम्साल, बाल बिकाश माविका बिद्यार्थी अनमोल परियार, दाङ महिला जेसीजका सदस्य बसन्ता भण्डारी, गणतंत्र दैनिकका कार्यकारी सम्पादक नबिन अभिलासिलगायतले कबिता बाचन गर्नु भएको थियो ।
    शाखा अध्यक्ष रेखा शर्माको अध्यक्षता तथा राप्ती साहित्य परिसद्का अध्यक्ष पुरषोत्तम खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दाङ महिला जेसीजका पूर्ब अध्यक्ष निरजा पोख्रेल, सुसीला पौडेल, लमही जेसीजका निबर्तमान अध्यक्ष खेमराज घिमिरेले मन्तब्य राख्नु भएको थियो । जेसीज सप्ताह कार्यक्रमका बारेमा मूल संयोजक जिबा भुसालले प्रकाश पार्नु भएको थियो ।
    संयोजक जेसी सुजन पौडेल आस्थापाठको अगुवाई नारायणी भण्डारीले गर्नु भएको थियो । धन्यवाद मन्तब्य उपाध्यक्ष जेसी बसन्ती सुबेदीले गर्नु भएको थियो । कार्यक्रम को सहजिकरण महासचिव अनिता ढकाल ले गर्नु भएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…