• उर्लाबारी/अन्र्तराष्ट्रिय राइडर्स दिवसकोे अवसरमा मोरङ उर्लाबारीमा मोटरसाईकल चालकहरु सम्मानित भएका छन्। अन्तराष्ट्रिय राइडर्स डेको अवसर पारेर धरानबाट इलामको श्रीअन्तुका लागि हिडेका चालकहरुलाई बिग कोला कम्पनिले सम्मानित गरेको हो।
    उर्लाबारीमा आयोजीत एक कार्यक्रमविच उनिहरुलाई खादा ओडाएर सम्मानित गरिएको बिग कोला नेपालका निर्देशक निर्मल सिग्देलले बताए। ‘उहाँहरुकाे हौसला बढाउनका लागि सम्मान कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने, ‘यो बाइक राईडिङ आन्तरिक पर्यटन प्रवर्धनका लागि पनि थियो।’ यस्ता गतिविधीहरुले आन्तरिक पर्यटनको बिकासमा सहयोग पुग्ने पनि उनले जिकिर गरे।
    मोटरसाईकल चालकहरुलाई सम्मानसँगै बिग कोला पनि वितरण गरिएको थियो। स्पेन मुल कम्पनी भई भुटानमा उत्पादन हुने बिग कोलालाई नेपालमा बिग कोला नेपालले भित्र्याएको छ। बिग कोलाका विभिन्न फ्लेभरका कोल्ड ड्रिङ्कस र इनर्जी ड्रिङ्कसहरु बजारमा पाइन्छन्। रसायनमुक्त पेय पद्यार्थ भएका कारण नेपाली उपभोक्ताले यसलाई मन पराउने निर्देशक सिग्देलले बिस्वास लिएका छन्।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…