• पथरीशनिश्चरे / मोरङको पथरीशनिश्चरे १ मा रहस्यम मृत्यु वरण गरेकी व्यवसायी रिना वस्नेतलाई ९ दिनपछि दाहसंस्कार गरिएको छ ।

    रिनाको रहस्यमय मृत्युका बारेमा यकिन तथ्य आइनसकेको भए पनि शव कुहिइसके पछि परिवारले आइतवार सुनसरीस्थित चतराधाममा लगेर आफ्नो परम्परागत संस्कार अनुरुप दाहसंस्कार गरेका हुन । दोषी पत्ता लगाउन माग गरेर पीडीतका आफन्त र स्थानीयले आन्दोलनकै रुपमा शवको दाहसंस्कार नगरी बसेका थिए ।

    गत वैशाख ७ गते विहान आफ्नै डेरा अगाडीको सडकमा निवस्त्र भेटिएकी २९ वर्षीय रिनाको मृत्युको बारेमा सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न श्रीमान सन्तोष वस्नेतसहितका पीडीत परिवारले माग गरिरहेका छन् ।

    रिनाको मृत्यु प्रकरणको निश्पक्ष छानविनको माग गर्दै संघर्ष समिति गठन गरी आन्दोलनका कार्यक्रम समेत भएका छन् । रिनाको पोष्टमार्टमको प्रारम्भिक रिपोर्टमा माथिबाट बजारिएर मृत्यु भएको कुरा आएको र भिसेरा सहितको सम्पूर्ण जाँच तथा प्रहरी अनुसन्धानपछि यकिन तथ्य वाहिर आउने डीएसपी नवराज ढुंगानाले बताए ।

    तर मृतकका आफन्त तथा स्थानीयवासीले भनें त्यसलाई हत्या भन्दैं आएका छन् । घटनामा रिनाका प्रेमी भनिएका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । प्रहरीले मोरङका मात्र नभई झापाका समेत दर्जनौं व्यक्तिहरुलाई कल डिजेटका आधारमा कार्यालयमा ल्याई सोधपुछ गरिरहेको छ । उनीहरुका लागि साँचो र झुटो पत्ता लगाउने पोलिग्राफ यन्त्र समेत प्रयोग गरिएको छ । स्थानीय जनप्रतिनिधि, महिला फेडरेशन, पथरी उद्योग वाणिज्य संघ, पथरी वहुमुखि क्याम्पसका महिला विद्यार्थी सहितले चाँडोभन्दा चाँडो घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी प्रशासनमा दवाव सिर्जना गरिरहेका छन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…