• सुसान आचार्य,रातोकलम अनलाइन
    डीसेम्बर-१८  युएई ,

    प्रगतिशील कलाकार सघ युएईको आयोजनामा सिन्दुलीका सुरेन्द्र कुमार बम्जनको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रम तथा तामाङ कथानक चलचित्र देन्बा मायाको विशेष च्यारीटि शो सम्पन्न भएको छ ।

    युएईको विकसित शहर दुबई स्थित कार्ल्टन टावरमा गत शुक्रबार सम्पन्न भएको उक्त कार्यक्रम कार्यक्रम संयोजक शम्भु वाइबाको सभापतित्व रहेको थियो भने गैरआवासीय नेपाली संघ (एन आर एन ए )आइसिसि सदस्य एवं युवा व्यवसायी ठाकुर प्रसाद ढुंगनाको प्रमुख अतिथि रहेको थियो ।

    विशेष अतिथिहरुमा नेपालबाट आएका कलाकारहरु नबिन खड्का, अमिर दोङ , स्मारिका थिङ, नेपाली जन प्रगतिशील मंच युएईका कार्यबाहक अध्याक्ष बाबुराम विक, नेपाली प्रवासी मंच युएईका श्याम कडेल, जन सम्पर्क समिति युएईका अध्याक्ष खेम राज बस्नेत नेपाली समाज युएईका अध्याक्ष सिपि सापकोटा,एनआरएन युएईका अध्याक्ष रमेश श्रेष्ठ, नेपाल आदिबासी जनजाति महासंघ युएईका बरिस्ठ उपाध्यक्ष सुरेन्द्र थिङ,नेपाल पत्रकार महासघ युएईका सचिब मेघराज सापकोटा लगायत रहेका थिय ।

    अतिथीहरुमा ब्यबसायी तथा कार्यक्रमका स्पोन्सर ओम उप्रेती, मोहन सिवाकोटी, दिनेश पराजुली,काभ्रे सेवा समाज युएईका अध्यक्ष दील लामा, तामाङ समाजका अध्यक्ष महेश मोक्तान, भोजपुर सेवा समाजका सचिब राजेश पाण्डे लगायत बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि, अतिथी रहनुको साथै पत्रकार, बुद्धिजिबी, समाजसेवी, लगायत झन्डै ५ सय युएईबासी नेपालीहरुको भब्य उपस्थिती रहेको थियो ।

    प्रगतिशील कलाकार संघका अध्यक्ष नबिन दोङ तामाङको स्वगत मन्तब्यबाट शुरु भएको कार्यक्रममा सभापति तथा प्रमुख अतिथी र बिशेष अतिथीले मैनबती बालेर नेपालको राष्ट्रिय गानको साथमा कार्यक्रमको उदघाटन गरेका थिए ।

    नेपाल देखि आयका अथिती कलाकार हरुको बेजोड प्रस्तुतिका साथमा स्थानीय कलाकारले गित ,नृत्य तथा विभिन्न हास्यब्यङका प्रस्तुति हरु देखाउदै उपस्थित
    सबैलाई भरपुर मनोरंजन दिएका थिय ।



    कार्यक्रममा कलाकारहरुको प्रस्तुती संगै तामाङ कथानाक चलचित्र देन्बा मायाको च्यारिटी शो समेत देखाईएको थियो ।
    झन्डै ४ घन्टा लामो कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न अहोरात्र खटिने आयोजक टिम, कलाकार, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया पार्टनर, उपस्थिती जनाएर सहयोग गर्ने सबैलाई धन्यबाद दिदै कार्यक्रम आयोजक समितिका संयोजक तथा कार्यक्रमका सभापति सम्भु वाईबाले कार्यक्रमको समापन गरेका थिए।

    थप उपचारको लागि सहयोग गर्न उदेश्य सहित आयोजित कार्यक्रम बाट सङ्कलित रकम एकमुष्ट केहि दिन भित्रै सुरेन्द्र बम्जोन लाई हस्तान्तरण गरिने जानकारी कार्यक्रमका ब्यबस्थापक सुरेन्द्र थिङले बतायका छन !

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…