• ३ पुस, काभ्रे रातोकलम संवादाता


    सरकारले देशका सबै जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गरि राष्ट्रलाई खुल्ला दिशामुक्त गर्ने लक्ष्य लिएको थियो तर सन् २०१७ भित्र काभ्रेलाई खुल्ला दिशामुक्त घोषणा गर्ने सरकारी लक्ष्य रहेपनि त्यो पुरा नहुने भएको छ ।

    काभ्रे जिल्लालाई सन् २०१७ भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिएपनि १३५ वटा वडामध्ये हालसम्म ४८ वटा वडा मात्रै खुल्ला दिशामुक्त घोषणा भएकाले पनि खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न असफल भएको हो । सन् २०१७ सकिन दुई साता बाँकी रहेको छ ।

    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन प्रमुख रामचन्द्र काफ्लेले भुकम्पका कारणले पनि असर पुगेकाले घोषणा गर्न ढिलाई भएको बताए । उनले भने,हामी छलफलमै छौँ सन २०१७ सम्ममा गर्ने भन्ने लक्ष्य लिइएको तर त्यो पुरा भएन एकता भुकम्पका कारण पनि हो अबको तिन महिना भित्रमा हामीले घोषणा गरि सक्छौँ ।’


    कत्ति घोषणा भए कत्ति बाँकी छन ?


    खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन प्रमुख रामचन्द्र काफ्लेले दिइएको जानकारी अनुसार हालसम्म १३ वटा स्थानीय तहका १३५ वडा मध्ये ४८ वटा मात्रै खुल्ला दिशामुक्त घोषणा भएको छ । उनले ११ वटा वडा खुल्ला दिशामुक्त घोषणाको अन्तिम चरणमा रहेको बताए । काफ्लेले जिल्लामा रहेका ८० हजार ७ सय २० घरधुरीमध्ये अझैपनि करिब १३ हजार घरधुरीमा शौचालय निर्माण गर्न बाँकी रहेको बताए ।

    १३ हजाभन्दा बढी शौचालय निर्माण गर्न बाँकी रहेकोले २०१७ भित्र काभ्रेलाई खुल्ला दिशामुक्त बनाउन नसकिने भएको हो । जिल्लालाई खुल्ला दिशामुक्त बनाउनका लागि जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जिल्लामा रहेका खानेपानी तथा सरसफाई लगायतका क्षेत्रमा काम गर्ने गैह्र सरकारी संस्थाका प्रतिनिधिसँग छलफल गरेको छ ।


    यस्तो भन्छन सरकारी निकायका प्रमुख


    समितिका अध्यक्ष स्थानीय समन्वय अधिकारी कोमल धमलाले सन् २०१७ भित्र जिल्लालाई खुल्ला दिशामुक्त बनाउन नसकेपनि आगामी चैत महिनाभित्र सक्ने गरि काम गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए ।

    उनले भने,‘जिल्लामा रहेका स्थानीय निकाय, गैह्र सरकारी संस्थाहरु सबै मिले खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्नका लागि अभियान नै चलाउनुपर्ने आवश्यकता छ ।’ विशेष गरि जिल्लाको खानीखोला, महाभारत, पाँचखाललगायतका स्थानीय निकायका ५५ वटा वडामा खानेपानी तथा सरसफाई सम्बन्धि काम गर्ने कुनैपनि संस्थाहरु नपुगेको बताईएको थियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन प्रमुख रामचन्द्र काफ्लेले सन २०१७ सम्ममा गर्ने भन्ने लक्ष्य लिइएको भएपनि सम्भव नरहेको बताए । भुकम्पका कारण पनि हो अबको तिन महिना भित्रमा हामीले घोषणा गछौँ उनले भने ।

    गैह्र सरकारी संस्था काभ्रेका अध्यक्ष पदम दुलालले चैतभित्र जिल्लालाई खुल्ला दिशामुक्त बनाउनका लागि जिल्लामा काम गर्ने सबै गैससहरुलाई परिचालन गर्नुपर्ने बताए ।

    गाउँमै खानेपानी तथा सरसफाई अभियान सञ्चालन गरी खुल्ला दिशामुक्त कार्यक्रमलाई सफल पार्न गाउँमै सरसफाई गर्दै कोशिपारि कात्तिके देउरालीका अगुवा युवा मनोज पन्त । उनले प्र्रत्येक घरधूरीमा रहेको शौचालय प्रयोगका लागि खानेपानीको व्यवस्थापन गरि दिएका छन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …