• ३ पुस, काभ्रे रातोकलम संवादाता

    प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा विजयी भएपछि जिल्लाका संसाद‘माननीय’ धमाधम गाउँ फर्कन थालेका छन । निर्वाचनको बेला मात्र गाउँमा आउने गरेको मतदाताको गुनासो सम्बोधन गर्न निर्वाचित भएलगत्तै संसाद‘माननीय’हरू आफ्नो निर्वाचन क्षेत्र फर्किएका हुन । प्रतिनिधी सभा–१ बाट निवार्चित संसाद गंगाबहादुर तामाङ(बमध्वज) ले चुनाव प्रचार–प्रसारकै शैलीमा आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गरेका छन् ।

    बनेपामा बाम गठबन्धनले आयोजना गरेको विजय जुलुसलगत्तै बमध्जले निर्वाचन क्षेत्रमा घरदैलो अभियान सुरु गरेका हुन । गाउँमा स्थानीयको माग, सल्ला सुझावको लागि गाउँ गाउँमा धन्यवाद दिन गएको तामाङले बताए । ‘जितेपछि आफ्ना जनप्रतिनिधिलाई कहिल्यै भेटिँदैन, आउँदै आउँदैनन् भन्ने गुनासो निकै सुनियो, अब त्यस्तो नहुने विजयीलगत्तै चुनाव प्रचार–प्रसारकै शैलीमा सबै मतदाता भेटने गरी क्षेत्र र गाउँ फर्किएँ,’ तामाङले भने । उनले निर्वाचन क्षेत्रमा पर्ने साबिककै ४० ओटै गाविसमा घरदैलो सकेर मात्र अन्य कामलाई ध्यान दिने भन्दै त्यसपछि मात्र सहर बजारमा आउने जानकारी दिए । उनीसँग विजयी प्रदेश सभा रत्न ढकाल र नन्द्र लामा पनि मतदातालाई धन्यवाद दिन घरदैलो भनियानमा लागेका छन् ।

     

    विजयपछि संसाद नम्सकार गर्दै गाउँ पसेपछि मतदाता दंगा



    चुनाव प्रचार–प्रसारकै शैलीमा संसाद गाउँ पुगेपछि स्थानीयवासी पनि निकै खुसी देखिएका छन् । उनीहरूले मत मागेकै शैलीमा संसाद नमस्कार गर्दै आएपछि निकै खुसी देखिएका हुन् । तर कतिपय मतदाताहरु विजयी संसादहरु देखेर दंग परेका थिए । ‘यसअघि त जितेपछि फर्केर आउनु हुन्न थियो यसपालि त नमस्कार गर्दै गाउँ गाउँ आउनु भएको छ नमोबुद्ध दाप्चाकी अञ्जना तामाङले भनिन् ।
    प्रतिनिधी–२ का नवनिर्वाचित संसाद गोकुल प्रसाद बाँस्कोटा पनि जितेपछि निर्वाचन क्षेत्र फर्किएका छन् ।



    कुशादेशी लगायतका गाउँमा भेटघाट गर्दैछन् । त्यसपछि बाँसकोटाले पनि पनौती नगरपालिका सबै वडासहित क्षेत्रभर घरदैलो अभियान चलाउने कार्यक्रम बनाएका छन् । पुस २ गते जिल्लाको बेथानचोक गाउँपालिकामा बृहत जनसभा कार्यक्रम राखिएको छ । विजयी संसादहरुले अहिले निर्वाचन क्षेत्रमा पर्ने विभिन्न स्थानमा भेटघाट अघि बढाएका छन् । मतदातालाई धन्यवाद दिन र समस्याबारे थप जानकारी लिन भन्दै तामाङ बाँसकोटा मतदाता भेटन गाउँ फर्किएका हुन् । बास्कोटाले भने, ‘जितेपछि सहर होइन गाउँमा गएर मतदाताको अपेक्षाअनुसार काम गर्नुपर्छ भन्ने मान्यतासहित क्षेत्र फर्किएको हो,’ जनमुखी काम गर्न पहिलो प्राथमिकता रहेको विषयमा जानकारी गराउन पनि मतदाताबीच गएको हो ।’

    सेल्फी खिच्न संसादलाई भ्याई नभ्याई





    गाउँ गाउँमा धन्यवाद दिन पुगेका विजयी संसादहरुलाई मतदातासँग बसेर सेल्फी खिच्न भ्याई नभ्याई छ ।
    मतदाताले मतदान गरी विजयी भएपछि संसादहरु गाउँ फर्किएका हुन् । स्वागत कार्यक्रममा मतदाताहरु विजयी संसादहरुसँग सmेल्फी खिच्न थालेपछि भ्याई नभ्याई भएको हो । के गर्ने मतदाताको आग्रहमा त फोटो र सेल्फी त खिच्नै प¥यो संसाद रत्न ढकाल भने ।

     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …