• दमक ।  एनएमबि बैंक दमक शाखाले आफ्नो बैंकले प्रदान गरिरहेको डिजिटल बैंकिङ्ग तथा अन्य नयाँ सेवाहरुको बारेमा अन्तरकृया तथा तालीमको क्रमलाई निरन्तरता दिँदै आज उद्योग बाणिज्य संघ दमक तथा त्यस अन्तरगतका विभिन्न बस्तुगत संघहरुसँगको समन्यवमा अन्तरकृया तथा डिजीटल बैंकिङ्ग प्रविधिको प्रयोग सम्बन्धी प्रत्यक्ष तालीम समेत सञ्चालन गरेको छ । दमकमा दुई छुट्टाछुट्टै स्थानहरुमा आज विहान १० बजे फलफुल तथा तरकारी व्यवसायी समिति र दिनको १ बजे मोवायल इलेक्ट्रोनिक्स व्यवसायी समिति दमकसँग अन्तरकृया कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ८० भन्दा बढीको सहभागीता रहेको थियो ।

    अन्तरकृया तथा तालीममा बैंक तथा वित्तीय संस्थाहरुको नीति तथा कार्यक्रम, एनएमबि बैंकको सबैको सहारा बचत खाता सम्बन्धी जानकारी, विना धितो महिला उद्यमी कर्जा, सहुलियत व्याजमा कृषि कर्जा, डिजिटल प्रविधि अन्तरगत मोवाईल बैंकिङ्ग, अनलाईन कर दाखिला, अनलाईन फण्ड ट्रान्सफर (NCHL-IPS), QR Code  मार्फत व्यवसायिक कारोवारको भुक्तानी गर्ने तथा भुक्तानी लिने सम्बन्धी जानकारी लगायत सहभागीहरुले चासो व्यक्त गरेका विभिन्न विषयका बारेमा बैंकका शाखा प्रमुख सन्दीप कुमार चौधरीले जानकारी गराएका थिए ।a

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…