• आरपी सहयात्री

    युएई । तेह्रथुम जिल्ला फेदाप–२ ओयाक्जुङका खड्कबहादुर जोगी युएईको जेलबाट छुटेर नेपाल फर्किसकेका छन् । करिब ५ वर्षको जेल जीवन पश्चात् उनका शुभेच्छुकहरुले संकलन गरेको २ लाख दिराम ९करिब ६१ लाख रुपैयाँ० ब्लडमनी बुझाएका कारण उनी आज मे २ तारीख बिहिबार बिहान नेपाल उत्रिएका हुन् ।

    नेपाल एयरपोर्टबाट जोगीले आफू सकुशल आइपुगेको अभियानका संयोजक इजरायलमा कार्यरत देव बाँस्कोटालाई जानकारी दिएका छन् ।
    उनको मुक्तिको लागि आवश्यक पर्ने २ लाख दिराम विभिन्न मुलुकमा रहेका दाताहरूको सहयोगमा जुटेको जोगी बचाउ अभियानका संयोजक देव बास्कोटाले बताए ।

    जोगीको मुक्तिको लागि बुझाइएको २ लाख दिराम (नेपाली झण्डै ६०/६२ लाख रुपैया) खर्च भएको र अभियान ब्यवस्थापन खर्च कटाएर बचत भएको रकम पत्रकार सम्मेलन गरी सार्बजनिक गर्दै यस्तै समस्यामा परेकालाई सहयोग गरिने समितिको निर्णय रहेकोे अभियन्ता बाँस्कोटाले बताएका छन् ।

    संयोजक बास्कोटा यही कामका लागि नेपाल गएर आफु संयोजक रही दुर्गा गिरीको अध्यक्षतामा मूल समिति बनाई जोगीको उद्दार जसरी पनि गर्ने प्रतिबद्धता गरेका थिए भने अभियानलाई साथ दिदै गाउँमा देउसीभैलो खेलेको रकम, त्यस्तै देश बिदेशका धेरै नेपालीको साथ सहयोग रहेको उनले बताए ।

    जोगीको उद्दारको लागि आवश्यक रकम संकलन भएपछि नेपाल सरकार, परराष्ट्र मन्त्रालय हुँदै नेपाली दूतावास, अबुधाबी प्रक्रियागत रुपमा पठाइएको र नेपाली दूतावास अबुधाबीबाट तत्कालीन कार्यवाहक राजदूत सागरप्रसाद फुयाल, द्वितीय सचिब बिष्णुकुमारी अधिकारी, श्रम सहचरी मोतिराम भुसाल, पिआरओ इर्फानले समन्वय गरी जोगीलाई नेपाल फिर्ता गराउन पहल गरेको संयोजक बाँस्कोटाले बताएका छन् ।

    को हुन जोगी ? कसरी परे जेलमा ?

    अबुधाबीको एक कम्पनीमा सामान्य मजदुरको काम गरिरहेका जोगी आफ्नै कम्पनीको फिलिपिन्सको सहकर्मीलाई बचाउन सहयोग गर्ने हुँदा फसेको उनकी श्रीमती डम्बरकुमारी जोगीले जानकारी दिएकी छन् ।

    सन् २०१४ मे ६ का दिन जोगी चढेको गाडीबाट फिलिपिनो सहकर्मी अचानक खसेको र निजलाई सहयोग गर्न उठाएर आफ्नो कम्पनीको सुपर भाइजरलाई घटनाबारे जानकारी दिएका थिए । सुपरभाइजरले कम्पनीको अर्को गाडी मगाई हस्पिटल पठाउनु भन्ने निर्देशन दिएको र सोही अनुसार निज घाइते फिलिपिनोलाई उठाई हस्पिटल पुर्याउदा निज फिलिपिनीको हस्पिटलमै निधन भएको थियो । घाइतेको निधन भएको रात १२ बजेतिर जोगीलाई यहाँको प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका थालेको थियो ।

    घाइते मित्रलाई बचाउनका लागि जोगीले गरेको प्रयास नै अपराध आरोपित भएपछि जोगी पक्राउ परेका थिए । उनले अदालतमा मानवीयताका आधारमा सहयोग मात्रै गरेको बयान निरन्तर दिइरहेका थिए । तर जोगीलाई स्थानीय अदालतले हत्याको आरोप लगाएको छ भन्ने कुरा विभिन्न संचारमाध्यमले लेखेका थिए । यो मुद्दामा अदालतले ५ वर्ष कैद र युएई दिराम २ लाख ९करिब ६२ लाख नेपाली रुपैयाँ० निज मृतक फिलिपिनोको परिवारलाई बुझाउनु भन्ने निर्णय गरेको थियो।

    नेपाली दूतावास अबुधाबीका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले जोगीले सन् २०१९ को मार्च सम्म जेल बस्नुपर्ने र अदालतले निर्देशन गरेअनुसार २ लाख दिराम जम्मा गर्नुपर्ने बताएको समाचार युएईमा कार्यरत पत्रकार रामप्रसाद ढुंगेलले सबैभन्दा पहिला प्रकाशन गरेका थिए ।५० वर्सिय जोगी बिस २०७० सालमा युएई आएका थिए। उनी २०७१ सालदेखि अबुधाबीको अल वातब जेलमा कैदी जीवन बाचिरहेका थिए।

    इजरायलमा रहेका सामाजिक अभियन्ता तथा संचारकर्मी देव बाँस्कोटाले यो विसयमा आवाज उठाएपछि जोगी बचाउ अभियान गाउँस्थरबाट शुरु भएको थियो । यो विसयमा एनआरएनए केन्द्रीय कार्यालय काठमाडौं लगायत युएईमा रहेका सबै सामाजिक संस्थाहरुलाई सहयोगका लागि अपिल गरिए पनि युएईमा कृयाशिल नेपाली सामाजिक संस्थाहरुले कुनै आर्थिक सहयोग गरेका थिएनन।

    जोगीको नेपाल फिर्तीको लागि युएईबाट सामाजिक अभियन्ता कृस मगरले दूतावास र इजरायलमा रहेका संयोजक बास्कोटासँग समन्वय गरेका थिए ।अति निम्न वर्गीय परिवारका जोगीका घरमा श्रीमती सहित २ छोरी, ८० वर्सिया आमा र बुबा गरी ६ सदस्य छन् । बिहानबेलुकाको छाक टार्न समेत मुस्किल पर्ने यो परिवारले ६० लाख रुपैयाँ जम्मा गर्न असम्भव भएकोले विश्वभरिबाट सहयोगको औपचारिक अपिल गरेको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…