• बिर्तामोड, बैशाख २० । मातातीर्थ औंसीको अवसरमा वीरता लेडी जेसीजले ३० जना आमाहरुलाई सम्मान गरेको छ । शुक्रबार जिल्लाको पर्यटकीयस्थल सुखानी सहिद स्मृति प्रतिष्ठान सालबारीमा एक कार्यक्रमको आयोजना गरी लेडी जेसीजले आमाहरुलाई सम्मान गरेको हो ।
    आमाहरुकै हौसला र साथ सहयोगमा छोरी–बुहारीहरुले विभिन्न सामाजिक कार्यहरु गर्न सकेको भन्दै लेडी जेसीजले यो बर्ष आफ्नै आमाहरुलाई सम्मान गरेको हो । ‘घरमा आमा–सासुआमाहरुले सहयोग नगर्ने हो भने विभिन्न सामाजिक कार्यहरुमा हिडडुल गर्न हामी छोरी–बुहारीहरुलाई असम्भव जस्तै हुन्छ’ वीरता लेडी जेसीजकी अध्यक्ष सरु भूर्तेल खनालले भनिन,‘त्यस कारण यो बर्ष आफ्नै घरका आमाहरुलाई सम्मान गरेका हौं ।’ लेडी जेसीजमा यसअघि विभिन्न बृद्धाश्रम तथा अन्य स्थानका वृद्ध आमाहरुलाई सम्मान गर्दै आएको थियो ।
    कार्यक्रममा १० जना माइतका तथा २० जना सासु आमालाई दोसल्ला ओढाएर तथा मिष्ठान्न भोजन गराएर सम्मान गरेको अध्यक्ष खनालले बताइन । सम्मानसंगै छोरीबुहारीहरुले आमा–सासुआमाहरुले सामूहिक नृत्य गरेर मनोरञ्जन समेत गरेका थिए । सूर्योदय टेलिभिजनकी प्रबन्ध निर्देशक विष्णु मैनाली उप्रेतीको प्रमुख आतिथ्यता तथा वीरता लेडी जेसीज बर्ष २०१९ की अध्यक्ष सरु भूर्तेल खनालको अध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य पार्वता गिरी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव प्रशान्त भण्डारी, रेडक्रस सोसाइटी जिल्ला सदस्य सरस्वती सिटौला, लेडी जेसीजकी संस्थापक अध्यक्ष सारदा रिजाल, पूर्वअध्यक्षहरु राधा सुब्बा, नैनकला भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
    पूर्व अध्यक्ष कञ्चन ढकाल सिटौलाले कार्यक्रममाथि प्रकाश पारेकी थिइन । बिमला भट्टराईले स्वागत मन्तव्य, कल्पना दाहालले जेसीज आस्था वाचन र जेसीजको मिसनभिजन संगिता गिरीले वाचन गरेकी थिइन ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…