• अर्जुनधारा, २१ बैसाख । अर्जुनधारा जेसिजले माता तीर्थ औंशीको अवसरमा नगरकै ज्येष्ठ माता १०५ वर्षिय नारायणी सेढाईंलाई सम्मान गरेको छ ।

    शनिबार अर्जुनधारा–६ स्थित निजी निवासमै पुगेर दोसल्ला र सम्मानपत्रले उनलाई सम्मान गरिएको हो ।

    सम्मान कार्यक्रममा जेसिजका अध्यक्ष टिकाराम गौतमले ज्येष्ठ नागरिक समाजको जिउँदो तीर्थ रहेको प्रतिक्रिया दिँदै नगरकै ज्येष्ठ मातालाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए ।

    सचिव निशा तामाङको संयोजकत्वमा तथा अध्यक्ष गौतमको सभापतित्वमा भएको सम्मान कार्यक्रममा जनसम्पर्क अधिकारी सुरेश थापा, संयोजक प्रेम खड्का, परिवारका लक्ष्मी पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

    महासचिव भास्कर भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संयोजक सुष्मा तिखत्रीले आस्था वाचन गरेकी थिइन् ।

    कानूनी सल्लाहकार राजन साम्पाङले स्वागत गरेकोे कार्यक्रममा उपाध्यक्ष विमला भट्टराईले सम्मानपत्र वाचन गरेकी थिइन् ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…