• बैशाख २२, पथरी ।
    मोरङको सुनवर्षी नगरपालिका वडा नम्वर २ अम्मरदहमा आयोजित १ नम्वर प्रदेश स्तरिय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगितामा आजको खेल उर्लावारी र विर्तामोड भेट्रानका विचमा हुने भएको छ ।
    हिजोको उदघाटन खेलमा संखुवासभाले विजयी सुरुवात गरेको छ । अमरदह ढल्के जोवनको आयोजनामा सुरु भएको प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा आयोजक वि लाई १ का विरुद्ध ३ गोल गर्दै विजयी वनेको हो ।
    खेल सुरु भएको १० औ मिनेटमा संखुवसभाका प्रेम घिमिरे गोलको खाता खोलेका थिए । भने पहिलो हाफको २४ औं मिनेट र दोस्रो हाफको १८ औं मिनेटमा सतिस केसीले गोल गर्दै संखुवासभाले खेल ३–१ गोल अन्तरले आफ्नो पक्षमा पारेको थियो ।
    दुवै टिमले उतकृष्ठ खेल पस्कीएको भएता पनि खेल अवधिमा पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा अमरदह वि खेलवाट वाहिरिएको छ । आफ्नो टिमको लागि संखुवासभाका खेलाडिले डिवक्समा फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै १ मात्र सान्तवना गोल बुद्धहाङ राईले गरेका थिए ।
    शनिवारको खेलको म्यान आफ द म्याच संखुवसभाका प्रेम घिमिरे घोषित भए उनले नगद २ हजार र मेडल हात पारेका छन् ।
    ३० बर्ष भन्दा माथिका खेलाडी समावेशगरि आयोजना गरिएको सो प्रतियोगितामा १ नं. प्रदेशका १६ टिमको सहभागिता रहेको छ ।
    प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उप विजेताले १ लाख ५१ हजार प्राप्त गर्ने छ ।
    खेलको उद्घाटन प्रमुख अतिथी पुर्व संचार मन्त्री तथा संघिय सरकारका संसद मिलेन्द्र रिजालले गरेका थिए ।
    उनले खेलको उद्धघाटन गर्दै यस्ता किसिमका प्रतियोगिताले युवाहरुको स्वास्थ राम्रो हुनुका साथै खेल जिवनबाट टाढिएकाहरुमा एकजुट हुने र साना भाई वहिनी खेलप्रेमी हरुका लागि प्रेरणा मिल्ने बताए ।
    बैशाख २१ बाट सुरु भएको प्रतियोगिताको फाईनल खेल जेष्ट ७ गते हुने छ ।

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…