• बाहुण्डाँगी २५ बैशाख । बुटवल जेसिजले सडक सुरक्षा प्रशिक्षण कार्यक्रम गरेको छ । संयुक्त राष्ट्रसंघको अन्तराष्ट्रिय पाँचौं सडक सप्ताहको अवसरमा SAVE LIVES, SPEAK UP नारका साथ प्रशिक्षण कार्यक्रम गरिएको हो । बुटवलको लुम्बिनी बाणीज्य क्याम्पसमा भएको कार्यक्रममा २ सय जना विद्यार्थीहरुको सहभागीता थियो ।

    कार्यक्रममा पाँच नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरिक्षक भिमसेन घिमिरेले सडक सुरक्षा सम्बन्धी सचेतना मुलक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा राष्ट्रसंघका प्रतिनिधि सुदीप अर्यालले सडक सुरक्षाको कार्यक्रममा सरोकारवाला सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

    बुटवल जेसिजका जेसी अध्यक्ष जेसी नरदेव न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी बाणीज्य क्याम्पसका प्रमुख डा। ताराप्रसाद उपाध्याय, प्राध्यापक विष्णु जोशी, बुटवल जेसिजका जेसी महेश पाण्डे, नेपाल जेसीजका प्रशिक्षक जेसी रमेश अर्याल लगायतले सडक सुरक्षाका सम्बन्धमा आ आफ्ना भनाइ राख्नुभएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…