• बाहुण्डाँगी २५ वैशाख । जेसीआई व्यास नगरको आयोजनामा व्यास नगर साइनिङग स्टार प्रतियोगिताको सातौं संस्करण आयोजना गरिने भएको छ ।
    सो कुराको जानकारी जेसीआई व्यास नगरले मंगलबार पत्रकार सम्मेलनमा आयोजना गरी गराएको हो । पत्रकार सम्मेलनमा जेसीआई व्यास नगरका अध्यक्ष रमेश गिरीले जानकारी दिए अनुसार १५ बर्ष मुनिका बालबालिका प्रतिभा प्रस्फुटन गर्ने उदेश्यले व्यास नगर साइनिङ स्टार प्रतियोगिता आयोजना गरिएको बताए । विगतमा आयोजना गरिएका प्रतियोगितामा विजयी प्रतिभाहरुले राष्ट्रियस्तरमा विभिन्न उपाधि हासिल गरेको समेत अध्यक्ष गिरीले सो पत्रकार सम्मेलनमा बताएका थिए ।

    साइनिङग स्टारमा सहभागी हुने बालबालबालिकाले सुरुमा आवेदन दिनु पर्र्छ ।यसरी आवेदन दिएपछि छनौट भएका बालबालिकालाई एक महिना विभिन्न विधामा प्रशिक्षण दिएपछि असार १४ गते फाइनल प्रतिस्पर्धा गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार प्रथम ,द्धितिय र तृतीय हुने बालबालिकालाई २५ हजार , १५ हजार र १० हजार नगद सहित गिफ्ट हयाम्पर प्रदान गरिने छ ।
    सोही अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष डम्बर अधिकारीले व्यास नगर साइनिङग स्टार साथसाथै मिस तनहुँ र मिस्टर तनहुँ जस्ता प्रतियोगिता आयोजना अगुवाई समेत जेसीआई व्यास नगर लिनुपर्नेमा जोड दिएका थिए ।
    जेसीआईका व्यास नगरका अध्यक्ष गिरीको सभापतित्वमा भएको कार्यक्रममा मूल संयोजक कृष्ण सुनार ,महासचिव कर्ण गुरुङ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले बोललेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…