• बाहुण्डाँगी, बैशाख २६ । मानवताको सेवा नै जीवनको सर्वोतम कार्य हो भन्ने मुल उदेश्यकासाथ हवीलचियर तथा ट्राईसाइकल नाप जोख कार्यक्रम सम्पन्नता गरियो । वीरता जेसीज , वीरता लेडी जेसीज र बिर्तामोड अपाङ्गता सवलम्वन संस्थाको सयुत आयोजनामा वीरता जेसीजका अध्यक्ष जेसी विशाल थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता राष्ट्रिय अपांग पुर्नस्थापना समाज काठमाडौंका उपाध्यक्ष सुगम भट्टराईको रहेको थियो । बिर्तामोड अपांगता सवलम्वनका अध्यक्ष दिपक थापा र समाज सेवा सुधार युवा संघ अपांग सहयोग समिति मेचिनगरका अध्यक्ष धर्मराज घिमीरे लगायत ले शुभकामना मन्तव्य राखेका थिए । प्राबिधिक सहयोग राष्ट्रिय अपांग पुर्नस्थापना समाज काडमाण्डौका गौरी दाहाल र सविना आचार्यले गरेको कार्यक्रममा करिव २५ जना भन्दा वढीले हवील चियर र ट्राई साईकलको नापजोख गरेको जानकारी सामाजिक सञ्जाल संयोजक संजय राजवंशीले वताए वि।नं।पा।४स्थित बिर्तामोड अपांगता सवलम्वनको कार्यलयमा भएको कार्यक्रमको सञ्चालन वीरता जेसीजका महासचिव जेसी कुशल खतिवडाले गरेका थिए भने जेसीज आस्था वाचन उपाध्यक्ष जेसी एल।सी।श्रेष्ठले गरेका थिए ।आज नापजोख भएका कागजपत्र काठमाडौ पठाइन्छ र करिव एक महिना पछाडी सामाग्री उपलब्ध भएपछि एक भव्य कार्यक्रमको आयोजनागरी सम्वन्धित महानुभावहरुलाई उत सामाग्रीहरु वितरण गरिने कुरा अन्तर्राष्ट्रिय संयोजक जेसी मिजास पोखरेलले बताए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…