• उर्लाबारीमा वाहिर मुलुकबाट छोडिएका मानसिक सन्तुलन गुमाएका मानिसहरुको कारण समस्या सिर्जना भएको छ । उनीहरुकारण स्थानीय व्यापारी र सर्वसाधारणले दिनहुँ जसो सास्ती खेपिरहेका छन् । रातको समयमा भारतबाट कोइला लिएर आउने गाडीहरुमा बस्ती देखी टाढा उर्लाबारी र पथरी बिचको भागमा रहेका जङ्गलमा ल्याएर यस्ता मानिसहरुलाई छोड्ने गरेको बताइन्छ । स्थानीय व्यापारी र सर्वसाधरणले दिनूह सास्ती भोग्दा समेत पनि यहाँका सम्बन्धित निकाय भने मुखदर्शक बन्दा समस्या ज्यूका त्यू छन् ।
    नगरमा रहेका मानसिक सन्तुलन गुमाएका मानिसहरुबाट भोग्नू परेको समस्या र यसको व्यवास्थापनमा बारे के भन्छन यहाँका बजारबाशी रातोकलमको लागि किशोर श्रेष्ठले यहाँ प्रस्तुत गरेका छन् ।

    दुर्घटनाको जोखिम बढ्यो



    अर्धनग्न रुपमा गोप्य अंगहरु देखाएरै हिड्ने यिनिहरु महिलाहरुलाई एकोहोरो हेर्ने, जिस्काउने जस्तो हर्कत गर्छन् । कहिले ठुलो आवाज निकालेर चिच्याउँदै सडकको बीचमा भागमा नै दौडिरहेको भेटिन्छन् । कहिले सार्वजनिक स्थानहरुमा सुतिरहेका हुन्छन् । मुख्य राजमार्गमा अन्धाधुन्ध दौडि रहेका हुन्छन् जसले गर्दा सवारी दुर्घटनाको पनि उच्च जोखिम रहेको पाईन्छ । त्यसैले सिमा कटाएर हुन्छ कि यहि कतै व्यवस्थापन गरेर हुन्छ यसको समस्याको हल खोजिनू पर्दछ ।
    नुतन राई, युवा व्यवसायी

    आवश्यक कदम चाल्नू जरुरी छ



    उर्लाबारी नगरपालिकाको नै प्रमुख समस्या मध्यको एक हो सिमानाकाबाट ल्याएर छोडिएका मानसिक सन्तुलन गुमाएका मानिसहरु । यस्ता मानिसहरुका कारण यहाँका व्यापारीहरुको व्यवसायमा नै समस्या सिर्जना भएको छ । यसैगरी बजार गर्न आउने सर्वसाधरणले पनि विभिन्न खालका समस्याहरु भोग्दै आएका छन् । यहाँका चोक तथा गल्लीहरुमा आधा शरीर मात्र ढाकेर हिड्ने गरेका यिनिहरुका कारण सामाजिक प्रदुषण भित्रिएको छ । यसको व्यवस्थापनमा नगरपालिका, प्रहरी र यहाँका सामाजिक संघसस्थाले जतिसक्दो चाडो आवश्यक कदम चाल्नू जरुरी छ ।
    देबेन्द्र तामाङ, सर्वसाधरण

     

    व्यवसाय नै चौपट बन्दै गएको छ 

    यिनिहरुले देखाउने दिनहुुँको हर्कतले हामी आजित बनिसकेका छौं । कहिले अर्धनग्न भएर पसल अगाडी आएर बसिदिने गर्छन् त कहिले फोहोर गर्ने गर्छन् । डुङडुङकी गनाउँने भएर पसल अगाडी यिनिहरु बसिदिदा ग्राहकहरु खासै आउन छाडेका छन् । जसले गर्दा हाम्रो व्यवसाय नै चौपट बन्दै गएको छ । व्यापारीका हकहितकमा काम गछौं भन्नेहरु खै कता कुन दुलामा छन् कुन्नि । जहाँबाट ल्याएर छोडिएका हुन् त्यही लगेर हुन्छ कि कसरी हुन्छ यसको जतिसक्दो चाडो समाधन खोज्नू आवश्यक छ ।
    सुजता अधिकारी, व्यापारी

    दाजूभाईसँग चोक आउँनू नै मुश्किल हुन थालेको छ


    अफिसबाट घर आउँदा जादाँ बाटोमा अर्धनग्न भएर हिडिरहेको भेटिन्छन् । उनीहरुले देखाउने दिनहूको लाजमर्दो हर्कतले गर्दा आफ्ना आफन्त र दाजूभाईसँग चोक आउँनू नै मुश्किल हुन थालेको छ । छोरी मान्छेलाई त अझ समस्या भएको छ । यसको व्यवस्थापनमा अहिले नै गम्भिरता नदेखाए यसले निकट भविष्यमा ठूलो समस्याले खडा गर्नेछ ।
    सुनिता प्रधान, सर्वसाधरण

    दुर्घन्ध फैलिएको छ


    मानसिक सन्तुलन गुमाएका मानिसहरुले गर्दा समस्या नै समस्या भएको छ । पसल अगाडी राखिएको फोहोरका थुप्रोहरु खोसारेर खानेकुरा खोज्ने गर्दछन् जसले गर्दा जम्मा गरिएको फोहोरको दृर्घन्ध फैलिने गरेका छन् । कहिले नाङ्गै हिड्ने गर्छन् त कहिले लगाएको आदा कपडा पनि उचालेर हिड्छन् जसका कारण ग्राहक पसलमा नै आउन कम भएको छ । पसल अगाडी एकोहोर उभिरहने यिनिहरु पसलमा आएका ग्राहकहरुसँग कयौं पटक ठोकिएका पनि छन्् । यिनिहरुलाई जतिसक्दो चाँडो उतै लगेर नछोडे यसले भविष्यमा ठूलो समस्या सिर्जना गर्ने देखिन्छ ।
    माधब पौडेल, व्यापारी

    प्रशासन किन मौन


    डुङडुङ्क्ती गनाउने भएर पसल अगाडी आएर लामो समयसम्म बसिदिने गर्छन्, जसले गर्दा किनमेल गर्न आउने ग्राहक पनि अन्तै जाने गरेका छन् । यहाँका व्यापारीले दिनहू भोग्दै आएका समस्याका बारेमा किन मौन छ यहाँको व्यापार संघ, नगरपालिका, प्रहरी प्रसाशन । यदि यिनिहरुको व्यवस्थापन खर्च अभावले गर्दा रोकिएको भए हामी सहयोग गर्न तयार छौं जसरी हुन्छ यसको व्यवस्थापन गर्नू जरुरी छ ।
    ज्ञानु दंगाल, व्यापारी

    यसको समाधानमा सबैजना जागरुक हुनुपर्दछ


    व्यक्तिगत रुपमा खासै समस्या सिर्जना नगरेको भएता पनि यो नगरको ठूलो समस्या हो । यिनिहरुको कारण जनजिवन प्रभावित बन्दै गएको छ । विभिन्न कारणले गर्दा बजार आएका मानिसहरु यिनिहरुको लाजमर्दो हर्कत हेर्नू बाध्य बनेका छन् । यो नगरकै अहिलेको प्रमुख समस्या मध्यको एक हो यसको समाधानमा सबैजना जागरुक हुनुपर्दछ । व्यापारीका हकहितमा यो गर्छू र त्यो गर्छू भन्ने व्यापार संघका प्रतिनिधी कहाँ छन् । व्यापार व्यवसायमा नै समस्या पार्दैै आएको यस विषयमा जानकार नभएजस्तो किन समस्याको हल नखोजेको होला । मेरो जिज्ञासा रहेको छ व्यापारीका नेतालाई ।
    विवेक हिङमाङ, युवा व्यवसायी

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…