बीरेन्द्रकुमार साह
बिराटनगर । मोरङ रंगेली नगरपालिका वार्ड न -२ कि स्तन क्यानसर पिडित मन्दिरा गुरुङको उपचारकोलागी डायनामिक मोरङ कमिटी द कोरियाले ९० हजार आर्थिक सहयोग मन्दिरालाई गरेको छ। सँस्थाका पुर्व उपाध्यक्ष जयराम घिमिरे तथा पुर्व सदस्य सुरेन्द्र बानियाँले काठमाडौ मन्दिरा हाल भाडामा बस्दै आएको कोठामा गएर सहयोग रकम हस्तान्तरण गरिएको हो। स्तन क्यानसर पिडित मन्दिराको अप्रेसन सफल भएको छ। उनलाई हरि सिद्धस्थित नेपाल क्यानसर हस्पिटलले उनको बाहिरी खर्छ बाहेक नि- शुल्क उपचार गरेका हुन ।
मन्दिरालाई थप उपचारकोलागी १ बर्षसम्म काठमाडौ मै बसेर उपचार गराउनु पर्ने भएको र उनलाई काठमाडौमा बस्न खर्छ अपुग भईरहेको बेला द कोरिया कमिटिको यो सहयोगले आफुलाई निकै हर्षित बनाएको मन्दिरा बताउछिन् । मन्दिराको सहयोगकोलागी समितिका अध्यक्ष भुवन तिम्सिना, सल्लाहकार नवराज सिवाकोटीले पहल गरेका हुन भने उनको सहयोग सड्ढलन समितिको सँयोजक भएर कमिटीका कोषाध्यक्ष समेत रहेका हेमन्त खतिवडा तथा टिमले सहयोग पठाएका हुन। डायनामिक मोरङ कमिटी द कोरियाले बिगतमा पनि धेरै नै असाहयहरुलाई सहयोग गर्दै आएका छन् भने सामाजिक कार्यमा पनि निकै नै सकृय रहेको छ। डायनामिक मोरङ कमिटी द कोरियाले विशेष गरेर मोरङलाई कार्य क्षेत्र बनाएका छन् ।