• ४ पुस, काठमाडौं 

    बढी तौल भएका महिलाहरुमा स्तन क्यान्सरको गाँठो पत्ता लाग्नज समय लाग्ने एउटा अध्ययनले देखाएको छ । यस्ता महिलाहरुमा जब गाँठो निकै ठुलो हुन्छ त्यतिबेला मात्र क्यान्सर लागेको थाहा हुने गर्द छ। यो कुरा स्वीडेनका शोधकर्ताहरुले गरेको एउटा अध्ययनबाट खुलासा भएको हो ।
    शोधकर्ताहरुका अनुसार मोटी महिलाहरुको स्तन क्यान्सर पत्ता लगाउनका लागि कम समयको अन्तरालमा जाँच (मैमोग्राफ) गराइरहनु पर्दछ । यसो गर्दा समयमै गाँठो पत्ता लगाउन सकिने र समयमै उपचार सम्भव हुनेछ । यद्यपि विशेषज्ञहरुले यो अध्ययनको पुष्टिका लागि थप सबुत चाहिने बताएका छन् ।
    बेलायतमा ५० देखि ७० वर्ष उमेर समूहका महिलाहरुलाई हरेक तीन महिनामा स्क्रीनिङका लागि बोलाउने गरिन्छ । उदाहरणका लागि यो यस्ता महिला हुन्छन् जसको परिवारमा स्तन क्यान्सरको इतिहास रहने गरेको छ।
    बढी तौल भएका कारण महिलाहरुलाई स्तन क्यान्सरको खतरा बढी रहने गर्दछ । तर, अहिलेसम्म यस आधारमा स्क्रीनिङको अन्तराललाई तय गरिँदैछ ।
    मोटोपनबाट खतरा्
    द करोलिङकसा इन्ष्टिच्युटको यो अध्ययनमा तीन २०१२ महिलालाई सामेल गरियो, जसलाई २००१ देखि २००८ का बिचमा स्तन क्यान्सर भएको थियो । यी महिलाहरु हरेक १८ महिनादेखि दुई वर्षको बीचमा मेमोग्राफम गराउँदै आएका थिए । स्वीडेनमा यो अन्तराललाई मानक मानिएको छ ।
    शोधकर्ताहरुले उपचारका क्रममा गाँठोको आकार र महिलाको शरीरको मासु इन्डेक्स (मोटोपनको स्तर) को अध्ययन गरेका थिए । टीमले बढी तौल भएका महिलाहरुमा मैमोग्राम जाँचको समय गाँठोको बारेमा थाहा पाएको थियो ।
    अध्ययनको अगुवाई गरिरहेका फ्रेड्रिक स्टैन्डले बीबीसीसँग भने–यस्तो शायद यसकारण भयो, किनभने मोटी महिलाको स्तन बढी ठुलो थियो । त्यसैले गाँठो पत्ता लगाउन मुश्किल थियो । वा फेरि उनीहरुमा गाँठो तिब्रताका साथ विकसित भयो । ठुलो भइसकेको गाँठोका बारेमा पूर्वानुमान लगाउन सजिलो हुँदैन ।
    कम समयको अन्तरालमा जाँच
    डाक्टर स्ट्रांग भन्छन्–अध्ययनको नतिजाले स्पष्ट गर्दछ कि जब डाक्टर विरामीलाई स्तन क्यान्सरका बारेमा बताउँछन् तब त्यतिबेला शरीरको मासु इन्डेक्सका अवश्य ध्यान दिन आवश्यक छ।
    उनका अनुसार अध्ययनले यो पनि देखाएको छ कि अधिक मासु इन्डेक्स भएका महिलाहरुले चाँडोचाँडो अवधिमा स्क्रीनिङ गर्नु जरुरी छ।
    तर, बेलायतको क्यान्सर रिसर्चर सोफिया लाज भन्छिन्–यो अध्ययनले स्क्रीनिङ अन्तरालका बारेमा पर्याप्त तथ्य उपलव्ध गराउँदैन । उनी भन्छिन्–स्क्रीनिङको पनि हानी र फाइदा दुवै छन् ।
    उनका अनुसार कम उमेरमा क्यान्सरको पहिचान गर्दा यो प्रविधि सहयोगी हुनेछ । तर, यो गराउने यस्ता महिला पनि समावेश छन् जसको परिवारमा कुनै इतिहास नभएका पनि उनीहरुमा रोग पाइएको छ ।
    उनी भन्छिन् कि स्क्रीनिङको अन्तराललाई यसरी तय गरिन्छ कि हानीको तुलनामा लाभ बढी होस् ।
    केटी सिल्भर, हेल्थ रिपोर्टर बीबीसी न्युज

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…