काठमाडौं । माउण्ट एभरेष्ट सेवा समाज नेपालको सल्लाहाकार सदस्य शर्मिला राईले आफ्नो जन्मथलो सोलुखुम्बु पुगेर स्थानीय दिपज्योती आधारभुत विद्यालयका विद्यार्थीलाई लत्ताकपडा तथा स्टेसनरीका समाग्री सहयोग गर्नुभएको छ । दुधकोशी गाविस १ जुभिङमा रहेको सो विद्यालयका ३५ जना विद्यार्थीलाई लत्ताकपडा र स्टेसनरीका समाग्री प्रदान गर्नुभएको हो । साइप्रसबाट जन्मथलो आउँदा सकेको सानो सहयोग गरेको शर्मिलाले बताउनुभयो । शर्मिलाले सानैदेखी सामाजिक काममा क्रियाशिल हुने इच्छा माउण्ट एभरेष्ट सेवा समाजबाट पुरा गर्न पाएकोमा संस्थाप्रति खुशी तथा आभार प्रकट गर्नुभयो । लत्ताकपडा र कपि कलम पाएपछि विद्यार्थीहरु निक्कै खुशी भएका थिए । विद्यालयले राईलाई स्वागत तथा सम्मान गरेको थियो ।