लक्ष्मी अधिकारी
स्थानीय तह अहिले सरकार नै भयो । जनताका समस्या, मुद्दा मामिला जस्ता बिषय पनि अब स्थानीय सरकारकै जिम्मामा आए । तीनै समस्या समाधान गर्नका लागि तल्लीन छन् । झापा दमक ९ का वार्ड सदस्य समिन रिजाल ।
उनको दैनिकी अलि अचम्मको छ । उनी बिहान देखिनै जनताको समस्या पिर र खुसी सुन्न सधै आफनो बडा का बरपर छन् । जनतामा जनप्रतिनिधि ले काम गर्न सकिरहेका छैनन भन्ने गुनासो भैरहेको बेला समिनको काम गराईले प्रति उनको बार्ड भरि चर्चा छ । कसैलाई बार्ड मा केही होस समिन नै चाहिन्छ ।
झगडा मिलाउन होस या खुसि साटासाट गर्न होस सबै दमक बडा न ९ बासिलाई रिजाल नै चाहिने गरेको छ । रिजालको सलर मिजासिलो स्वाभाब छ उनी कसैसँग रिसाउदैन । आफना बार्ड बासिको समस्यामा समिन बिहान होस या त दिउँसो, साझ होस या त राति केही नभनि पुग्ने गरेको जनता बलाउछन । एक स्थानिय भन्छन्, समिन जस्ता युवा केही भए समाज परिवर्तन अबश्य हुन्छ । तत्कालीन स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट दमक बडा न ९ मा बडा सदस्य जितेका रिजाल दमकका लोकप्रिय युवा नेताको रुपमा चिन्निन्छन । समिन राजनीति बाहेक सामाजिक क्षेत्रमा बनी उतिकै सक्रिय छ । उनी दमकमा रहेको सरस्वती माबिको बिद्यालय व्यवस्थापन समिति को अध्यक्ष भएर आएपछि बिद्यालय मा धेरै परिवर्तन गराएका छन । बिद्यालय को पढाइ को गुणस्तरीय बढाएका छन त्यसबाहेक पनि रिजाल धेरै सामाजिक सस्थाहरुमा रहेर समेत काम गरिसकेका छन ।
उनी सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि उनी तल्लीन छन् । प्रदेश भरिको बिशेष विद्यालयमा छनौट भएको यो विद्यालयमा न्युन दृष्टि भएका विद्यार्थी पनि पढछन् । नीजी सरह विद्यालयलाई प्रतिष्पर्धी बनाउदै अघि बढाउने हाम्रो लक्ष्य छ, उनले भने, अब त्यसै योजना अनुरुप काम अघि बढाउछौ । अहिले विद्यालयमा शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले भवनको समेत शिलान्यास गरेका छन् । त्यसका लागि सरकारले पनि बजेट बिनियोजन गरेको छ ।