दमक । गत चैत्र २ गते राति अचानक घरमा आगलागि भएर पीडित बनेका दमक १० सेतुमारीका हसन शेर्माको परिवारलाई युरोपबाट पनि आर्थिक सहयोग प्राप्त भएको छ । यूरोपमा कार्यरत १६ जना नेपालीहरुले ५९ हजार ४ सय रुपैया पीडित शेर्मा परिवारलाई आर्थिक सहयोग गरेका हुन ।
युरोपको निदरल्याण्डमा कार्यरत डम्बर क्षेत्री –खत्री)को पहलमा सो सहयोग रकम उपलब्ध भएको हो । यसरी सहयोग गर्र्नेहरुमा डम्बर क्षेत्री, १०० यूरो, चन्द्र पौडे्ल ९०, बिमल श्रेष्ठ ३१, रामबहादुर क्षेत्री कार्की ३१, टिपी शर्मा २५, विपी श्रेष्ठ २५, एस केसी २५, एन के राइले २५ यूरो सहयोग गरेका हुन । यसैगरि आर पराजुली कोइराला २१, डि बी मैनाली २१, मेनुका निरौला २०, अर्जुन अधिकारी २०, हरिप्रसाद ढुङाना २०, केबि क्षत्री १८ पि सुवेदी १५ र जे बहादुर थापाले १५ युरो आर्थिक सहयोग गरेका हुन ।
सो सहयोग रकम पीडित हसन शेर्मालाई हस्तान्तरण गरिएको छिमेकी रमेश खत्रीले जानकारी दिनुभयो । शेर्माको गत चैत्र २ गते राती घरमा आगलागी हुदाँ घरमा रहेको सवै अन्नपात, नगद, गरगहना, लत्ताकपडा, भाँडा वर्तन समेत जल्दा १० लाख रुपैया बढिको क्षति भएको थियो ।