• दमक। झापाको दमकस्थित एउटा विद्यालयमा १४ बर्षिया छात्रालाई शिक्षकले निर्मतापूर्वक कुटपिट गरेका छन् । दमक ६ स्थित गायत्री विद्यापिठ वोर्डिङ स्कुलका कम्प्युटर शिक्षक प्रनय दुतराजको निर्ममतापूर्वकको कुटपिटबाट दमक ५ की कक्षा ५ मा अध्ययनरत १४ वर्षीया विद्यार्थी कुसुम निरौला घाइते भएकी छन् ।

    पीडित बालिका कुसुमले गएको मंसिर २७ गते शिक्षकले सोधेका प्रश्नको उत्तर नजान्दा आफूलाई सरले सुरुमा पिठ्यूमा मुड्की मुड्कीले हानेको बताइन् । त्यसपछि कपाल समातेर बेन्चमा ठोक्याइदिदाँ दुखेर खप्नै नसकेको बालिकाको भनाइ छ ।


    कुटपिटबाट कुसुमको ढाडको लिगामेन्ट (हड्डि जोड्ने तन्तु) च्यातिएर दुवै खुट्टा नचल्ने अवस्थामा पुगेको बालिकाका बुबा अच्युत निरौलाले बताए ।

    दमकमा परिवारजनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बुबा अच्यूतले कुसुमलाई यसअघि पनि यातना दिने गरिएको गुनासो गरे ।
    ‘अन्य बालबालिकाले समेत आफूहरूलाई यसखाले यातना दिने गरिएको जनाएकाले यातना दिने शिक्षक तथा विद्यालय प्रशासनमाथि नैै कडा कारवाही हुनुपर्छ’ बालिकाका बुबाले भने । बालिकाको परिवारले घटनाको उचित छानविन गरि न्याय दिलाइदिन माग गरेका छन् ।

    कुटपिटबाट घाइते बालिकाको विर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचार भइरहेको छ । बालिकाको परिवारले प्रहरीमा उजुरी गरेपछि कुसुममाथि निर्घात यातना दिने भूटान घर भएका शिक्षक दुतराजलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…