• एउटै देशमा दुइटा एमाले रहिरहन बस्तुगत हिसावले आवस्यक नभएको बस्तुगत कारणकै कारणले अहिलेको एकताको वातावरण सुरु भएको रहेछ ।हाम्रो मन्द वुध्दिले पो धेरै पछि कुरा बुझ्यो र चिच्यायो-" नाई ! म एमाले बन्दिन " माओवादी नै बन्छु !
    भित्र भित्रै एमाले छिर्न हतारिएका साथीहरू " विचारको कुरा नगर , आदर्शको कुरा नगर , निष्ठाको कुरा नगर " भनेर अह्राइ सिकाइ गर्दै छन । विचारको कुरा गर्न खोज्नेलाई -" तेरा कुरा इस्स !" भनेर होच्याउँदै छन् । हनिमुनको हतारोले विहेको साइत छिट्टै आइदिए हुने थियो भनेर कल्पने वेहुला वेहुलीकोजस्तो हतारोमा ती साथीहरू एकता र समृध्दिको पुजीवादी गीत गाउँदैछन।

    खुसीको कुरा के छ भने -" वाम वर्चस्व"को अहिलेको खोलो पहिरो चलिरहेको महामारीमा पनि देशैभरिको एउटा ठूलो तप्का आफूलाई नयाँ एमाले बनाउँन मानिरहेको छैन र राजधानीमै पनि एउटा शक्तिसाली सिर्जनात्मक टीम असहम हुने जोखिम मोल्न तयार भएर बसेको छ ।
    एमाले नै भएपछि अनुभवी पुरानो एमालेभन्दा सिकारु नयाँ एमालेको हालत पतला नै हुन्छ र पहिलो पटक कमरेड प्रचण्ड लगायतको टिम " खटाएर दिएको खाने र अह्राएको गर्ने ओलीपथमा सामेल हुदैहुनुहुन्छ ।"
    ओरालो झर्दै गएपछि गहिराहीको कुन पिँधमा पुगिन्छ भनेर भन्नै नसकिने रहेछ ।

    एक पटक पोलिट व्युरोको बैठकमा कमरेड प्रचण्डले हत्तु हैरान भएर पार्टी बिघटन गरिदिन्छु , सक्नेले फेरि झण्डा उठाउँछन, नसक्नेले कुटो कोदलो गरेर खान्छन भन्नु हुन्थ्यो । प्रचण्डले त्यही बिघटन गरिदिनु भयो - तर यो तरिकाले ।
    अव एमाले बन्न चाहने एमाले हुने , नयाँ आँट र सोच हुनेले झण्डा उठाउँने र त्यो पनि विश्वास नहुनेला कुटो कोदालो गरेर खाने दिन आएको हो ।
    कमरेड प्रचण्डसँग कुनै गुनासो छैन। वहाँले नेपालमा गणतन्त्र ल्याउँने लडाइको नेतृत्व गर्नु भयो । यसको लागि वहाँलाई इतिहासले युग युग सम्झने छ । यो ठाममा आइपुगेपछि बाबुरामले झण्डा नै फालेर हिड्नु भयो । कमरेड किरण तेह्र हजार भोट गनेर बस्नु भएको छ भने विप्लव जी गैरजिम्मेवार हानठोकमा हराउँनु भयो । यहाँबाट अघि बढ्न प्रचण्डले कोसिस गर्नु भयो तर वहाँको दिमागले पनि बाटो खोल्न सकेन र वहाँको वरिपरि घुम्नेले पनि विगार्न मद्दत गरे सपार्न सहयोग गरेनन । अन्तमा वहाँले पनि हार खानु भयो र सय टुक्रामा विभाजित भएर सकिनुभन्दा एमालेमा पार्टीलाई मिसाइदिएर आराम गर्ने सोच्नु भयो र हामीलाई सोच्नको निम्ति वाध्य पार्नु भयो ।

    कमरेडहरू/ साथीहरू ! तपाई कता ?
    एमाले पथ
    विद्रोह पथ या
    कुटो कोदालो पथ ?
    साभार:बलराम तिमिल्सिना"बिप्लाब"को फेसबुक वाल बाट!

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…