मेष – राजनीतिको लाभ मिल्नेछ । काममा प्रशंसा पाइनेछ । राजनीतिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । साताको मध्यमा राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग बढ्नेछ । साताको अन्त्यमा भने स्वास्थ्यमा समस्या एवम खर्चको मात्रा बढ्नेछ ।
वृष– दाम्पत्य सुख मिल्नेछ । सरकारी कामबाट फाइदा पाइनेछ । ठूलाबडाले साथ दिनेछन् । काममा प्रगति हुनेछ । जग्गा जमिनबाट फाइदा एवं सञ्चित धन बढ्नेछ । आर्थिक काममा प्रगति हुनाका साथै सन्तानबाट पनि सहयोग पाइनेछ । साताको अन्त्यमा राम्रो आम्दानी सहित कार्य सफल हुनेछ ।
मिथुन –काममा समस्या आउनेछ । मित्रजनबाट धोका हुनेछ । झूठो लाञ्छना लाग्नेछ । साताको मध्यमा भने भाग्यले साथ दिनेछ । विदेशको रोजगारको फाइदा मिल्नेछ । साताको अन्त्यमा भने राजनीतिक लाभ, पदवृद्धिको चर्चा एवं मित्रहरुबाट राम्रो सहयोग पाइनेछ ।
कर्कट– साथीभाइ जमघट बढ्नेछ सामाजिक एवं धार्मिक काममा व्यस्त भइनेछ । साताको मध्यमा काममा गडबढी, खानपिनमा समस्या एवं झूठो लाञ्छना आउनेछ । अन्त्यमा भने अधुरा काम बन्ने । विदेशको योग बन्ने एवं ठूलाबडाबाट व्यक्तिगत सहयोग पाइनेछ ।
सिंह– समस्यामा परिनेछ । आलोचक अघि सर्नेछन् । स्वास्थ्यमा सुधार हुनेछ । छोटो यात्राको योग बन्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । स्त्रीबाट सहयोग एवं साझेदारी लगानीमा फाइदा हुनेछ । साताको अन्त्यमा भने विसञ्चो हुने, कार्यमा ढिलासुस्ती एवं गुप्त बाधा आइपर्नेछ ।
कन्या–अध्ययनमा उन्नति हुनेछ । मित्रजनवाट भरपुर सहयोग पाइनेछ । रमाइलोमा खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । प्रतिस्पर्धामा जित देखिन्छ । मुद्दामामिला किनारा लाग्नेछन् । साताको अन्त्यमा यात्रा हुने एवं पारिवारिक भेटघाट र आफन्तबाट सहयोग पाइनेछ ।
तुला– प्रेममा विवाद बढ्नेछ परिवारसँग मनमुटाव बढ्नेछ ।स्वास्थ्यमो असर देखिनेछ । सन्तानबाट खुशियाली बढ्नेछ । व्यापारमा फाइदा एवं विरोधीबाट पनि राम्रो सहयोग मिल्नेछ । आपसी झमेला टुंगिने एवं खर्च भने बढ्ने देखिन्छ । साताको अन्त्यमा स्वास्थ्यमा सुधार झमेलामा मेलमिलाप हुनेछ ।
वृश्चिक– काममा राहत हुनेछ । मातापिताबाट आश्वासन मिल्नेछ । जोस जागर बढ्ने एवं मातृपक्षबाट सहयोग रहनेछ । साताको मध्यमा मानसिक अशान्ति एवम घरायसी झमेला आइपर्नेछ । साताको अन्त्यमा अध्ययनमा सफलता, साझेदारीमा फाइदा एवं सन्तति सुख मिल्नेछ ।
धनु – धनकोे सुख मिल्नेछ । वाणीको प्रभावले काम बन्नेछ । मनमा प्रशन्नता झल्किनेछ । धनको कारोबार बढ्नेछ । छोटो यात्रा एवं बन्धुबाट सहयोग पाइनेछ । रोजगारबाट फाइदा एवं मित्रजनले सहयोग गर्नेछन् । साताको अन्त्यमा भने शारिरीक अस्वस्थता र काममा ढिलासुस्ती हुनेछ ।
मकर– व्यापारमा वृद्धि हुनेछ । नयाँ मित्र भेटघाट रहनेछ । ईष्टमित्रबाट सहयोग पाइनेछ । सम्पति वृद्धि एवं भोजनको सुख मिल्नेछ । साताको अन्त्यमा भने कार्यभार थपिने, रोजगारीमा फाइदा एवं दिदीबहिनीको सहयोगबाट काम बन्ने देखिन्छ ।
कुम्भ – खर्चले तनाव बढाउनेछ । यात्रामा झमेला पर्नेछ । अरुको विवादमा फसिनेछ । अरुको कारणले आफूलाई भार पर्नेछ । साताको मध्यमा भने धनसम्पति वृद्धि व्यापारमा फाइदा एवं कामबाट लाभ मिल्नेछ । साताको अन्त्यमा सरकारी फाइदा एवम पदप्रतिष्ठाको योग रहेको छ ।
मीन – विदेशको लाभ मिल्नेछ । व्यापारमा फाइदा एवं आध्यात्मिक रुचि बढ्नेछ । स्त्री जातिबाट सहयोग एवं कृषि र पशुकोे कारोबारमा फाइदा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिने, रोजगारीमा लाभ मिल्ने एवं ठूलाबडाबाट स्याबासी पाइनेछ । आफ्नो कामको राम्रो प्रतिफल मिल्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी