• ५ पौष २०७४ /

    गुल्मी–हिजो साँझ डाक्टरको लापर्वाहीबाट भएको भनिएको एक जनाको मृत्युको घटनामा  मृतकका परिवारलाई अस्पताल सञ्चालक समितिले १० लाख रुपैयाँ राहत दिने सहमति भएको छ ।

    दाँत र गिजाको  सामन्य विमारी लिएर आएका गुल्मीकै मालिका गाउँपालिका वडा नम्वर ६, अर्जैका ५३ वर्षिय शिवलाल अर्यालको हिजो साँझ ८ वजेर ४० मिनेटमा मृत्यु भएको थियो ।

    दिउँसो २ वजे उक्त अस्पतालमा पुगेका अर्याललाई  गिजामा पिप जमेकाले अप्रेसन गरेर पिप निकाल्नु पर्छ भन्दै अप्रेसनका लागि वेहोस पारिएको थियो ।

    सल्यक्रियपछि उनको मृत्यु भएको हो । घटनापछि स्थानीय प्रशासनको रोहवरमा भएको छलफलमा घटना अनुसन्धान गर्न उच्चस्तरीय छानविन टोली गठन गर्ने, त्यसको प्रतिवेदन प्राप्त नभएसम्म आरोपित डाक्टरहरुलाई अत्यआवस्यक वाहेक अन्य कार्य गर्न नदिने , मृतकका परिवाजनलाई राहतस्वरुप अस्पतालले तत्कालै १० लाख रुपैयाँ नगद उपलव्ध गराउने, मृतकका सन्तानलाई निशुल्क उपचार गराउने लगायतमा सहमति भएको छ ।

    छलफलमा निमित्त प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा, जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदी , रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल , अस्पताल सञ्चालक समितिका पदाधिकारी र  पीडित पक्ष सहभागी थिए

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …