प्रकाश पाक्साँवा
तेह्रथुम ७ जेठ
तेह्रथुमको फेदाप गाउँपालिका २ ओयाक्जुङमा जन्मभई हाल ईजरयलमा रहनु भएका युबा समाजसेवी देब बास्कोटाले तेह्रथुमका हुन गई रहेको निबन्ध प्रतियोगिताको दोश्रो पुरस्कार प्रायोजन गर्नु भएको छ ।
पछिल्लो समय दुबई जेलमा रहेका खडग जोगी बचाउ अभीयानका संयोजकको रुपमा काम गर्दै आएका बास्कोटाले जेठ १४ गते हुन गई रहेको सुन्दर तेह्रथुम समृद्ध तेह्रथुम शिर्षकको निबन्ध प्रतियोगिताको दोश्रो पुरस्कार प्रयोजन गर्नु भएको हो । आर्थीक अभाबले उपचार नपाएर समस्या रहेका बिरामी,ग्राणिम खेलकुद बिकासका साथै साहित्य क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ । अहिले सम्म ६० लाख माथी समाजसेवा खर्ची सक्नु भएको छ ।
तेह्रथुम सरोकार समाजले आयोजना गर्न लागेको निबन्ध प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार,२० हजार दोश्रो १५ हजार तेश्रो हुने १० हजार प्राप्त गर्ने भएको कार्यक्रम संयोजक डिल्लीराम ढुङगानाले बताउनु भयो । निबन्धमा २० जनाको सहभागीता रहने भएको छ । समाजकै आयोजनामा बिद्यालय स्तरीय कविता हुने भएको छ । कविता प्रतियोगितामा प्रथम १० हजार ७ हजार ५ हजार र तिन जनालाई २ हजार प्राप्त गर्ने भएका छन । ३९ वटा बिद्यालयका ८५ वटा कविता समाबेश हुने भएका छन ।