• बाहुण्डाँगी । अर्जुनधारा जेसिजको आयोजनामा विद्यार्थी लक्षित ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

    शनिबार शनिश्चरे बजारको सामुदायिक हलमा सम्पन्न कार्यक्रममा विर्तामोडका प्रहरी नायव निरीक्षक नारायण आचार्यले सहजकिरण गरेका थिए ।

    अर्जुनधारा परिसरका कक्षा ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थीहरको सहभागिता रहेको कार्यक्रममा ट्राफिक नियम ,ट्राफिक संकेत ,दुर्घटनाका जोखिम ,सतर्क हुने तरिका लगायतका विषयमा प्रष्ट्याइएको थियो ।

    सञ्चार संयोजक जेसि दिपेश पनेरुको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा वडा न।८ का वडाध्यक्ष गोपीचन्द्र गौतम , जेसिजका अध्यक्ष टि।आर गौतम , पूर्व अध्यक्ष इन्दिवर खड्का ,शनिश्चरे चौकीका प्रमुख राजन खड्का ,शिक्षक रुद्र खतिवडाले बोलेका थिए ।

    जेसिजका अध्यक्ष टि.आर. गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका संयोजक पनेरुले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरे ।
    जेसिज आस्था वाचन उपाध्यक्ष विमला भट्टराईले गरिन् भने कार्यक्रम सञ्चालन महासचिव भास्कर भट्टराईले गरेका थिए ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…