बाहुण्डाँगी । बुटवल जेसीजको अगुवाइमा शनिबार सम्पन्न भएको अन्तरक्रिया कायर्यक्रममा सडक दुर्घटना न्युनीकरणका लागि साझा पहल आवश्यक रहेकोमा जोड दिइएको छ । संयुक्त राष्ट्रसघ नेपाल, युनडिपि, बुटवल उपमहानगरपालिका, ट्राफिक कार्यालय प्रदेश न ५ र बुटवल जेसीजको सहकार्यमा सडक सुरक्षा सम्बन्धि सरोकारवालाहरुसग बुटवलमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले दुर्घटना हुन नदिन सचेत हुने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा बोल्दै बुटवलका मेयर शिव सुवेदीले सडक निर्माणकर्ता, सवारी चालक, सन्चालक, यात्रु, सबै जिम्मेवार भए सडक सुरक्षित हुने बताए । प्रदेश नं। ५ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरक्षक गंगा सारुले दुर्घटनाको अवस्थाबारे प्रस्तुति गर्दै सबैले समन्वय गर्न सके दुर्घटना कम हुने बताए । युनडिपि प्रदेश न ५ का फिल्ड अफिस प्रमुख सुदिप अर्यालले बिस्वाप्यापी रुपमा मे ५ देखि १२ सम्म सडक सुरक्षा सप्ताह आयोजना गरिएअनुसार बुटवलमा सडक सुरक्षा कायम गर्नको लागि कार्यक्रम गरिएको बताए । सारुले यो आर्थिक वर्षको ८ महिनामा १ हजार ८६ सवारी दुर्घटना भएको जानकारी गराए । यातायात ब्यवस्था कार्यालय बुटवलका प्रमुख रमेश गौतमले लाइसेन्सलाई थप ब्यवस्थित र कडाइका साथ अगाडि बढाएको जानकारी दिए।
कार्यक्रममा यातायात ब्यवस्था कार्यालय मणिग्रामका प्रमुख मुक्ति प्रसाद पाण्डे, बुटवल बेलहिया सडक विस्तार आयोजनाका इन्जिनियर अरुण खत्रीले सडकलाइ ब्यवस्थित गर्न सेफ्टी अडिट भैराखेको बताए । सुरक्षित यात्रा अभियान नेपालका दिनेस पाण्डेले फुटपाथ यात्रुको अधिकारको लागि आफुहरु अदालत जाने बताए ।
सिद्धार्थ गौतम बुद्ध क्याम्पसका प्रमुख बाबुराम पाण्डे, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपि खनालले प्रत्येक मानव मात्र होइन, प्राणी जुनसुकै हिसावले सुरक्षित हुनुपर्ने र अकालमा मर्न नपर्नेको बाताबरण बनाउनुपर्ने बताए । पत्रकार महासघ रुपन्देहीको उपाध्यक्ष निरु गौतमले मिडियाका कारण दुर्घटनाबाट बच्न आम नागरिकमा चेतना आएको बताइन।
पश्चिमाञ्चल बस व्यावसायि संघका सचीव रामचन्द्र भुसालले पाठ्यक्रम मै ट्राफिक शिक्षा राख्नुपर्ने बताए । सुरक्षीत यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्ण बेल्वासेले प्रत्येक जेब्रा क्रसिङ्ग्मा ट्राफिक राख्नुपर्ने औल्याए । निलहिरा समाज रुपन्देहीका अध्यक्ष यानिक रानाले तेस्रो लिङ्गीलाई यात्रा गर्दा हिंसा भएको बताइन ।
बुटवल महिला जेसीजका अध्यक्ष लक्ष्मी थापा, निर्माण ब्यावसायी रुपन्देहीका सचीव ज्ञानु पुन, टिप्पर ब्यावसायी रुपन्देहीका महासचिव तोया लम्साल, मझौला यातायात व्यावसायी संघका अध्यक्ष लक्ष्मण क्षेत्री, इरिक्सा चालक संघका अध्यक्ष लालमणी भण्डारी, ट्याक्सी ब्यावसायी संघका अध्यक्ष बिष्णु काफ्ले एवम् कलेजका विद्यार्थीहरु नविन पुरी, रितु घिमिरे, अस्मिता भारती, सविन पाठक लगायतले बोलेका थिए ।
बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेको सभापतित्व, कार्यक्रम संयोजक अर्जुन ज्ञवालीको स्वागत, महासचिव राजिव गौतमको संचालन र चन्द्रकान्त डुम्रेले आस्थापाठ गरेको कार्यक्रममा सहजीकरण जेसीज सदस्य सिपि खनालले गरेका थिए ।