• मोरंगको  रतुवामाई नगरपालिका वडा नं ६ सौठामा वि.पी नेत्र प्रतिस्ठान आखा, नाक ,कान घाटी अस्पतालको भवन शिलान्यास गरिएको छ । वि.पी नेत्र प्रतिस्ठान  भक्तपुरले रतुवामाई न.पा को सौठामा निर्माण गर्ने अस्पतालको आज एक कार्यक्रमका विच  शिलान्यास गरीएको  हो ।  रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राइले भवनको शिलान्याश गरेका हुन् ।

    शिलान्यास कार्यक्रममा बोल्दै रतुवामाई नगर प्रमुख रविन राइले अस्पताल स्थापना भए सगै यस क्षेत्रका  जनताको उपचारको लागि अन्यत्र  जानु पर्ने बाध्यता हट्नुक साथै अन्यत्रका विरामी यस अस्पतालमा आउने बताउनु भयो । वहाले भवनको निर्माण सम्पन्न नभईन्जेल सौठा स्थित नेपाल रेडक्रसको भवनबाट अस्पतालको सेवा  तत्काल सुरु हुने बताउनु भयो । विपी नेत्र प्रतिस्ठानले तत्कालका लागि उपलब्ध गराएको तिस लाख रकमले पाच कोठे भवन निर्माण गरि अस्पतालको सेवा भवनबाटै सुचारु  हुने वताउनु भयो ।  अस्पताललाई सुविधा सम्पन्न बनाउदै पुनर्स्थापना केन्द्र समेत संचालन गर्ने वताउनु भयो  । रतुवामाई नपा मा  अस्पतालको स्थापना हुनु महत्वपूर्ण उपलब्ध भएको र विकासको क्षेत्रमा एउटा खुड्किलो टेकेको पनि वताउनु भयो । वहाले अस्पताल स्थापनाको लागि सहयोग गर्ने सम्पूर्ण महानुभाव हरुलाई धन्यवाद समेत दिनु भयो र नगरपालिकाको तर्फ बाट गर्ने सम्पूर्ण सहयोग गर्ने बताउनु भयो  ।

    कार्यक्रम मा बोल्दै वि.पी नेत्र प्रतिस्ठान, स्थानीय व्यवस्थापन कार्य समितिका अध्यक्ष खड्ग बा चोङ्गवाङ्गले  समयमा नै निर्माण सम्पन्न गरेर सेवा सुरु हुने बताउनु भयो ।

    अस्पताल स्थापना गर्नका निम्ति स्थानीयले १५ कठा जग्गा उपलब्ध गराएक थिए । रतुवामाई नगरपालिकाले सडक निर्माणका लागि ५ लाख र घेराबेराका लागि ५ लाख विनियोजन गर्नुका साथै विजुलीको व्यवस्थापन गरेको छ ।   अस्पताल भवनको शिलान्यास भए सगै स्थानीयले खुशी व्यक्त गरेका छन्  ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…