• ५ पुस, काठमाडौं ।

    बुधबार दिउँसो टोखा नगरपालिका–१ मा गोली प्रहार गर्ने समूह पक्राउ परेको छ ।

    पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ छन् ।

    उनीहरूकाे साथबाट घटनामा प्रयाेग भएकाे एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएकाे छ ।

    यसअघि काठमाडौंको टोखास्थिच झोरको जंगलमा गोली चल्दा एक जना महिला घाइते भएकी छिन् । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    याे पनि पढ्नुस् 

    काठमाडौंको टोखास्थित झोरको जंगलमा बुधबार दिउँसो गोली चलेको छ । गोली लागेर एक जना महिला घाइते भएकी छिन् ।

    घाइते हुनेमा स्थानीय ३५ वर्षीया दुर्गा दुलाल छिन् । नेपाल प्रहरीका एसपी रामदत्त जोशीले अनलाइनखबरलार्इ दिएकाे जानकारी अनुसार उनी घाँस काट्न गएको वेला गोली लागेको थियाे ।

    स्थानीय युवकहरुले शिकार गर्ने क्रममा गोली चलाएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।

    महिला खतरामुक्त 

    प्रहरीका अनुसार दुलालको कुममा गोली लागेको छ । उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

    उपचारमा संलग्न चिकित्सकहरूले उनी अहिले खतरामुक्त रहेकाे बताएका छन् ।

     

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…