• बाहुण्डाँगी । दमक जेसीजको समन्वयमा जारी वडा सरसफाई तथा स्वास्थ्य परिक्षण शिविरलाई शनिबार दोश्रो दिन पनि निरन्तरता दिइएको छ । दमक ८ मा शुक्रबारदेखि शुरु भएको सप्ताहव्यापी सरसफाई अभियान अन्तर्गत विकास मार्ग , सहिद मार्ग लगायतका क्षेत्रमा टोलबासीको प्रत्यक्ष सहभागितामा सार्वजनिकस्थल सरसफाई गरियो ।

    सफाई अभियान अन्तर्गत हरेक टोल टोलमा डस्टवीन वितरण समेत भईरहेको अभियानमा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरिरहेको दमक जेसीजले जनाएको छ । वडा सदस्य समेत रहेका दमक जेसीजका अध्यक्ष भीमराज चौंलागाइँका अनुसार दोश्रो दिन ३० बर्ष माथिका महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि नमुना संकलन गर्न शुरु गरिएको छ । त्यस किसिमको परीक्षणका लागि शनिबार सम्ममा २ सय ४५ जनाले नमुना उपलब्ध गराएका छन् । सो का लागि आईतबार सम्मको समय तोकिएको छ । स्वास्थ्य परीक्षण सम्बन्धिका कार्यक्रमहरु वडा कार्यालयमा भईरहेको छ ।

    स्वास्थ्य तथा सरसफाई सम्बन्धि अभियानका संयोजक प्रकाश प्रसाद अधिकारीले महिलाहरुलाई लक्षित गरी सो परीक्षण सञ्चालन गरिएको र ज्येष्ठहरुलाई लक्षित गरेर मिर्गौला तथा सुगर परीक्षण गराउने कार्यलाई दोश्रो दिन पनि निरन्तरता दिइएको बताए । अभियानको शुक्रबार दमक नगरपालिकाका मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, नगरपालिकाका वातावरण प्रमुख समेत रहेका दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा लगायतको उपस्थितीमा उद्घाटन गरिएको थियो । यसैगरी शनिवार भएको सरसफाइ अभियानमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा दमक जेसीजका पूर्व अध्यक्ष सिनेटर प्रकाशप्रसाद अधिकारीको समेत सहभागिता रहेको थियो । म्याक्स मेडिको र एड्भान्स अस्पताल दमकको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण भईरहेको हो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…